नेपालमा स्क्रेप, भारतमा नम्बर प्लेट

[mashshare]

विकास अग्रवाल
रौतहट ।
गौर भन्सार कार्यालयले स्क्रेप (दर्ता नहुने)मा लिलाम गरेको सवारी साधनलाई सोझै व्यवसायीको जिम्मा लगाएपछि ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ । भन्सारले स्क्रेपमा सवारी साधन लिलाम गर्दा पछि उपयोग नहुने गरी इन्जिन र चेसिस नम्बर काटेर व्यवसायीको जिम्मा लगाउने प्रावधान भए पनि गौर भन्सार कार्यालयले सोझै लिलाम सकार गरेका व्यवसायीको जिम्मा लगाएपछि ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको हो ।

गौर भन्सार कायालयको मिलेमतोमा व्यवसायीले स्क्रेपमा लिलामी सकार गरेका सवारीसाधनलाई ‘पार्ट वाई पार्ट’ छुट्याएर लग्नुपर्नेमा लिलामी सकारकर्ताले भन्सार कार्यालयबाट सोझै गाडी लिएर जाने गरेको पाइएको छ । वर्षौदेखि गौर भन्सार कार्यालयमा थन्किदै कवाडी बनेका मोटरसाइकल र चार पाँग्रे सवारी साधनको बोलपत्र आह्वान भएपछि स्क्रेपमा सकार गरेका सवारी साधनलाई ट्रक र पिकअपमा लोड गरेर गौरकै रामजानकी धर्मशाला पछाडी राखेर भन्सार ऐन कानुनको बर्खिलाप हुने कार्य भइरहदा समेत सम्बन्धित निकाय किन मौन बसेको होला ? स्थानीयहरुले प्रश्न गरेका हुन् । गौर भन्सार कार्यालयल चैत ५ गते लिलाम गरेका ७० वटा चार पाग्रे र ११३८ थान दुई पाग्रे मोटरसाइकल ठेक्केदारले स्क्रेपमा सवारीसाधन सकार गरेका थिए । स्क्रेपमा सकार गरेका फर्म वा ठेक्केदारले भन्सार कार्यालय भित्र काटेर उक्त सवारी साधनलाई टुक्रा टुक्रा बनाएर लग्नुपर्ने तर भन्सार कार्यालय प्रमुखको सेटिंगमा त्यसो नभई त्यहाँबाट अन्यत्र भन्डारण गरेर पुनः उक्त सवारी साधन भारत पुर्याउने सकारकर्ताको दाउ रहेको स्रोतको भनाइ छ ।
भन्सार कार्यालय प्रमुख सहितका अन्य कर्मचारीकै मिलोमतोमा ठेकेदारले आ–आफ्नो मान्छे खटाई बिचौलियाको सहारामा उक्त स्क्रेप भएका सवारीसाधन अन्तय ठाउँमा निर्वाध रुपमा स्टोर गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरी वर्षौंदेखि भन्सार कार्यालयमा दाखिला गरेका सवारीसाधनलाई लिलाम गरेका थिए । गौर भन्सारले आह्वान गरेको बोलपत्र अनुसार ७० थान चारपाग्रे सवारीसाधनको मुल्यांकन मूल्य ३१ लाख ९७ हजार ४ सय २५ तोकिएको तथा स्क्रेपकै ११३८ पिस मोटरसाइकल मुल्यांकन मूल्य ३९ लाख ५८ हजार ३ सय २५ तोकिएको थियो ।

न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको बताइन्छ । वर्षौंदेखि गौर भन्सारमा पक्राउ परी राखिएका लिलामका सवारीसाधन अहिले ठेकेदार र गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको सेटिङ्गमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नम्बर र चेचिस नकाटी सिधै पिकपमा लोड गरेर अन्तय ठाउँमा ठेकेदारले स्टोर गरिरहने कार्य भइरहेका पाइएको छ ।
सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरेर सिधै पिकपमा लोर्ड गरी अन्यत्र ठाउँमा स्टोर गर्ने गरेका छन् । स्टोर गरिएको ठाउँबाट सकारकर्ताले सवारीधनीको पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नम्बर र चेचिस नंबर मिलाई आ–आफ्नो सवारीसाधन चर्को पैसा तिरी लगिरहेका छन् । उक्त स्क्रेप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी रहेता पनि गौर भन्सार प्रमुख र ठेकेदारलाई अहिले चाँदी काटिरहेको स्रोतको भनाइ छ ।

यस विषयमा गौर भन्सार प्रमुख सिंहसँंग सोधपुछ गर्दा स्क्रेपमा लिलाम गरिएका सवारीसाधन १५ दिन भित्र ईन्जिन र चेचिस नम्बर ग्यास बेल्डिङ्गले काटी मात्र लग्नुपर्ने हो । स्मरणीय छ की, भन्सार प्रमुख सिंहले भने अनुसारको नभई सिधै मालबाहक सवारीसाधनमा लोड गरेर जनकपुरको फर्मले गौरमै भण्डारण गरी गैरकानुनी रुपमा सडकमा उतार्न षड्यन्त्रणमा रहेको उक्त कार्यलाई गौर भन्सार कार्यालयको प्रमुखले सघाइरहेका छन्् किनभने इंजन र च्याचिस नम्वर नकाटी कसरी लान सक्छ, ति श्रोतले भने । त्यती मात्रै नभई सीमापारीको डिटिओ औफिसबाट कागजात हराएको भन्दै नयाँ अनर बुक निकालेर सीमापारी तर्फ लक्ष्मिपुर बेलविछवा भएर पठाउने दाउमा सकारकर्ता पक्ष रहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button