हुलाकी सडक निर्माणमा ढिलाइ हुनुको कारण माग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी(जसपा)का प्रमुख सचेतक प्रदिप यादवले हुलाकी सडक निर्माणमा ढिलाइ हुनुको कारण सरकारले प्रष्ट पार्नु पर्ने माग गरेका छन् । सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले हुलाकी सडक निर्माणमा यति ढिलासुस्ती किन ? वास्तविक कारण के हो ? समस्या समाधानका लागि लेखा समितिमा त्यो कारण आउनुपर्याे भन्दै माग गरे ।

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले हालसम्म हुलाकी सडक ९ सय ७५ किलोमिटर निर्माण भइसकेको तथ्यांक प्रस्तुत गरेको थियो । त्यसपछि बैठकमै सांसद यादवले ९ सय ७५ किलोमिटर निर्माण भएको भनियो, यो सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसको मापदण्ड के हो ? नेताको दबाब, मन्त्रीको दबाब, आसेपासेको दबाबमा कहाँ कहाँ निकालियो खुलासा गर्नु पर्ने माग गरे । सांसद यादवले मधेश प्रदेशमा हुलाकी सडकमा कति वटा पुल बन्न बाँकी छ भन्दै प्रश्न गरे ।

उनले हुलाकी सडकसँग जोडेर पर्सामा चितवन राष्ट्रिय निकुञ्जलाई जोडेर किन ठोरीमा सडक निर्माण अधुरो छाडियो यसको जवाफ चाहियो भन्नु हुँदै मधेशको लाइफलाइन हुलाकी सडक यथाशीघ्र बनाउनुपर्ने कुरामा जोड दिए । हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकोे जिकिर गर्दै सांसद यादवले हुलाकी सडकमा ढिलासुस्ती हुनुमा सरकार नै दोषी रहेको र अहिले मधेशकै मन्त्री भौतिक पूर्वाधारमन्त्री भएको हुँदा सडक निर्माणले गति लिने अपेक्षा आफूले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button