
मधेशदृष्टि
वीरगंज ।
नयाँ वर्षको अवसर पारेर वीरगंज महानगरपालिकाले चैत २९ गते देखि बैशाख १ गते सम्म रात्रि बजार लगाउने भएको छ । वीरगंज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले वीरगंजको आदर्शनगर स्थित पुरानो बसपार्कमा रात्रि मेला लगाउने र रात्रि मेलाका लागि प्रत्येक स्टल १ हजारमा बुकिङ्ग गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
वीरगंज महानगरपालिका, ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगर, फोरजी आर, वीरगंज साईकिलिङ्ग क्लव, घरेलु तथा साना उद्योग कार्यालय, युवा उद्यमी मञ्च लगायतका सामाजिक संघ संस्थाहरुको सहयोगमा रात्रि बजारको आयोजना गर्न लागिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए ।






