कार्यपालिका सदस्यको घुटाइबाट अधिकृत घाइते

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह कार्यकक्ष भित्रै पुरानो रिसइबीमा बोर्ड सदस्यसमेत रहेका दिनेश साह कलवारबाट कुटिएका छन् । विनाकारण आफूलाई बजेट नदिएको भन्दै विवाद गरेर हातपात भएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । साहलाई जनप्रतिनिधिले नेम प्लेटले हिर्काइएपछि घाइते भएका छन् ।

गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकीय अधिकृत साहलाई मंगलबार दिउसो गाउँ कार्यपालिका सदस्य कलवारले अध्यक्षको नेम प्लेटले हिर्काएका हुन् । उनीमाथि कुटपिटसमेत भएको कर्मचारीहरुले बताए । कुटपिट गर्ने कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते साहको छातीमा गम्भीर चोट लागेको छ ।

कर्मचारीका अनुसार कार्यालय समयमै दिउँसो २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकीय अधिकृत साहलाई कार्यकक्षमा बोलाएका थिए । त्यही समयमा उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गालीगलौज गर्दै कलर समातेर उनले लगाएको सर्ट च्याति लछारपछार गरी अन्धाधुन्ध हातमुक्का तथा काठ, फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेटले हिर्काइएको हो । प्रमुख प्रशासकीय अधिकृत साह धोबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य कलवारले पटकपटक सानोतिनो कुरामा विवाद श्रृजना गरी कार्यालयबाट गर्न नहुने गैरकानुनी भुक्तानी गर्न दबाब दिँदै आएको र कर्मचारीसँग रिसिइबी साँधी पूर्व रिसिइबीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार भइरहेको कर्मचारीहरुको भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएको दुव्र्यवहार तथा कुटपिटको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भत्र्सना गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीले संयुक्तरुपमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तुरुन्त कारबाही माग गरेका छन् । कर्मचारीले दोषीमाथि कारबाही नभएसम्म गाँउपालिकाअन्तर्गतको आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प घोषणा गरेका छन् ।

पीडित साहले मंगलबार नै दोषीमाथि कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । घटनाबारे जिल्लाका कर्मचारीको समूहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसँग भेटेर घटनाबारे जानकारीसमेत गराएको छ । दोषीमाथि कारबाही नभए जिल्लाका सम्पूर्ण कार्यालयको कामकाजसमेत बन्द गर्ने उनीहरुको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button