मधेश प्रदेश भलिबल संघको साधारण सभा सम्पन्न

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश भलिबल संघको प्रथम साधारणसभा सम्पन्न भएको छ । पूर्व मन्त्री समेत रहेका मधेश प्रदेश भलिबल संघका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख अतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

भलिबल संघको प्रथम साधारणसभाले आगामी कार्ययोजना र रणनीतिका बारेमा छलफल गरेको छ । त्यस्तै, खेलकुद क्षेत्रको विकासका लागि खेलकुद समितिहरुमा खेलकुद सम्बन्धी जानकार व्यक्तिलाई मात्रै पठाउनुपर्ने सुझाव प्रतिनिधिहरुले दिएका छन् । त्यसका लागि विधानको व्यवस्था अनुसार समिति गठन गर्ने र वैधानिक हिसाबले काम गर्नका लागि प्रत्येक जिल्लामा नयाँ सदस्यता बनाउने विषय पनि साधारणसभामा उठेको अध्यक्ष यादवले मधेशदृष्टिलाई जानकारी गराए ।

उनले खेलकुद क्षेत्रको विकास गर्ने क्रममा आगामी दिनमा आइपर्ने समस्याका बारेमा कसरी जुध्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताए । त्यसैगरी, साधारणसभामा प्रस्तुत गरिएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत अनुमोदन गरिएको छ ।

आइतबार जनकपुरको रमण टावर मुजेलियामा आयोजित प्रथम साधारणसभा कार्यक्रममा नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर सिंह, कोषाध्यक्ष श्यामकुमार श्रेष्ठ, कराते महासघंका अध्यक्ष रामचन्द्र ठाकुर, एथलेटिक्स संघ मधेश प्रदेशका अध्यक्ष पुष्पा यादव, फुटवल संघका मधेश प्रदेश उपाध्यक्ष रामदेव साह, मधेश प्रदेश समाजवादी खेलकुद महासंघका अध्यक्ष राजेश गुप्ता, मधेश प्रदेश कबडी संघका अध्यक्ष सरोजकुमार दनोवार, स्वतन्त्र नागरिक अगुवा कमलकुमार पंकजलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button