वीरगंजको नगवाबाट दुई चिनियाँ पक्राउ

चिनियाँको साथबाट ठूलो मात्रामा कम्प्युटर र डिभाइसहरु पनि बरामद

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट दुई चिनियाँ नागरिक पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले शनिबार अपरान्ह उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका बारे थप खुलाइएको छैन ।

प्रहरीले उनीहरुले महानगरको वडा नम्बर १५ लक्ष्मणवामा सञ्चालन गरेको कार्यालयमा पनि दिउँसो ४ बजे छापासमेत मारेको थियो । कार्यालयबाट प्रहरीले केही महत्वपूर्ण कागजात समेत बरामद गरेको छ भने यसबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । प्रहरीले कार्यालयमा रहेका भारीमात्राको कम्प्युटर र डिभाइसहरु पनि नियन्त्रणमा लिएको छ । उनीहरु करिब ६ महिनादेखि वीरगंजमा बसेर विभिन्न डिजिटल ठगी उद्योगमा सरिक रहेको बताइएको छ । उनीहरुले वीरगंजमा लामो समयदेखि बसेर के गरिरहेका थिए भन्नेबारे प्रहरीले थप बताएको छैन । पर्सामा नयाँ प्रहरी उपरीक्षक आएपछिको यो एक्सनमा चिनियाँ नागरिक नै पक्राउ परेका छन् ।

‘थप अनुसन्धान गरेर आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिनेछौँ,’ प्रवक्ता थापाले भने । सूत्रका अनुसार उनीहरुले लक्ष्मणवामा एउटा घर भाडामा लिएर कल बाइपास गरिरहेको बुझिएको छ । उनीहरुले प्रयोग गरिरहेको कार्यालयबाट केही थान मोबाइल, कम्प्युटर, सिम लगायतका अन्य विद्युतीय उपकरणसमेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button