करिब एक अर्ब बिगो दाबीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक अर्ब रुपैयाँको बिगो दाबीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियारले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले प्रतिवादीविरुद्ध बिहीबार विशेष अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । आयोगका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाइएको छ ।

एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया,परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button