थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि रायमाझीलाई बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको हो ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको टगी प्रकरणमा नेता रायमाझीसहित १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button