मर्यादित भएर होली मनाउन पर्सा प्रहरीको आग्रह

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
आपसी सद्भाव र भाईचराको पर्व होलीलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन जिल्ला प्रहरी कार्यालय पर्साले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार एक सूचना जारी गर्दै आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसँग मात्र होली खेल्न आग्रह गरेको छ ।

जारी सूचनामा होली पर्वको नाममा क्रियाकलाप नगर्न, अपरिचित मानिसहरूको समूहमा होली नखेल्न, कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाउन तथा नछ्याप्न, महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान, अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखान, ट्राफिक नियमको पुर्ण रूपले पालना गर्न आग्रह गरिएको छ ।

सूचनामा मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलान, अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दूव्र्यवहार नगर्न, रेलिङ नभएको छत तथा सडकमा होली नखेन, ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा डिजेको प्रयोग नगर्न, भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट जस्ताघटना बढी हुने हुँदा सावधान रहन आग्रह गरिएको छ ।

त्यसैगरी सूचनामा कुनै पनि अपराधिक गतिविधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नम्बर १०० वा नजिकको प्रहरी कार्यालयहरूमा फोन गर्न आग्रह गरिएको छ । सूचनामा नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कडा कानूनी कारवाही गरिने चेतावनी समेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button