
सञ्जय मिश्रा
रौतहट ।
जिल्लाको कटहरिया नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव सुरेन्द्र प्रधान हाजिर भएका छन् । आईतबार मेयर अजयप्रकाश जयसवालले स्वागत गर्दै उनलाई हाजिर गराएका हुन् ।
कटहरियासँगै उनी दुई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । यसअघि प्रधान फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारि सम्भाल्दै आएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह बाराको एक स्थानीय तहको प्रमुखको रूपमा सरुवा भएर गएपछि दुई सातादेखि कटहरिया नगरपालिका प्रमुखविहीन थियो ।
कटहरियाका मेयर अजयप्रकाश जैसवालको पहलमा संघीय मामिला तथा सामान्य मन्त्रालयबाट कटहरियाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव प्रधान आएका हुन् । फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र वडा अध्यक्षहरुबीचको लामो समयदेखि चलेको विवाद उपसचिव प्रधानको पहलमा समाधान भएको थियो । उपसचिव प्रधान यसअघि गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।






