मधानी महोत्सव सुरु

[mashshare]

मधेशदृष्टि
रौतहट ।
मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा बुधबारदेखि पाँचदिने मधानी महोत्सव सुरु भएको छ । बुधबार शिवको बारात निकालिएको थियो । बारातमा हजारौँ भक्तजनको सहभागिता थियो ।

मौलापुरका विभिन्न वडामा भगवान शिवसँगै नन्दी, बैताल भूत र प्रेतको झाँकी निकालिएको थियो । बाजागाजासहित निस्केको शिवयात्रामा भक्तजनले ओम नमः शिवाय, बोलबम्को नारा लगाएका थिए ।

कांवरिया भक्तजनको पनि सहभागिता थियो भने शिव बारातमा मौलापुरकी मेयर रिना कुमारी साहलगायतका व्यक्तित्वको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button