
मधेशदृष्टि
वीरगंज ।
वीरगंजबाट एक १३ वर्षीय बालक दुई दिनदेखि हराएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका अब्बास हवारीका १३ वर्षीय छोरा शान अली मंगलबार दिउँसोदेखि हराएका हुन् ।
गंहुगोरो वर्णका शान अली मंगलबार दिउँसो २ बजेतिर खेल्न भनेर घरबाट निस्किएको र अहिलेसम्म परिवारजनाको सम्पर्कमा नआएको भन्दै अभिभावक चिन्तत भएका छन् । टोल छिमेक तथा आफन्त र नातागोता सबैतिर खोजी गर्दा पनि फेला नपरेको भन्दै अभिभावकले हराएका छोराको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका छन्।
शानलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा उनका बुबाको मोबाइल नम्बर ९८०२३४०५४२ मा सम्पर्क गरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।





