पण्डित र निमित्त निर्देशकविरुद्ध अख्तियारमा उजुरी

मधेशदृष्टि फलोअप

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
विवादित मेडिकल सप्लायर्स विशाल पण्डित र मधेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. मनीष पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मधेश प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लायस सिटी स्क्यान खरिद गर्न फ्रेबुअरी २२ तारिमा गरेको आइएफबी नोम एमपी–पिएचएमसी–एनसिबी–गुड्स्–१४–२०८०–८१ टेण्डर प्रकाशन गरेको थियो । यो सिटी स्क्यान खरिद प्रक्रियामा पण्डितले ‘सेटिङ’ गरेर स्पेकलक गरेको भन्दै उजुरी परेको हो ।

सूचना प्रकाशितअघि नै पण्डितले कर्मचारीसँग मिलेर आफू एजेन्ट रहेको फिलिप्स कम्पनीसँग मात्रै मिल्ने गरी खरिद मापदण्ड बनाउन लगाएको भन्दै सप्लायर्स नारायण कार्कीले अख्तियारमा उजुरी दिएका हुन् । स्पेकलकमा केन्द्रका निमित्त निर्देशक मनिष पाण्डे र बायोमेड इन्जिनियर बन्दना मिश्र संलग्न रहेको भन्दै कार्कीले कारबाही माग गरेका छन् । महोत्तरीको बर्दिबासमा रहेको आयोगको कार्यालयमा ४४०४ नम्बरमा उजुरी दर्ता भएको हो ।

‘खरिद ऐन विपरीत एउटै मात्र कम्पनीलाई मिल्नेगरी खरिद मापदण्ड बनाउनु भ्रष्टाचार हो । त्यसमा संलग्न कर्मचारीमाथि कारबाहीको माग गरेको हुँ,’ कार्कीले भने । कार्कीले टेण्डर रद्द गरेर नयाँ टेण्डर आह्वान गर्न माग गरेका छन् । यसअघि मुख्यमन्त्री कार्यालयमा पनि यस विषयमा छानबिनका लागि उजुरी दिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख सचिवलाई आवश्यक कारबाहीका लागि आदेश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button