जसपाले महाअधिवेशनलाई महापर्वको रुपमा मनाउने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी(जसपा) नेपाल पर्साको बैठकले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनलाई महापर्वको रुपमा मनाउन निर्णय गरेको छ । वीरगंजमा सम्पन्न बैठकमा जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेश सरकारका उर्जा सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री राउतले आसन्न राष्ट्रिय महाअधिवेशनलाई मध्यनजर गरी बैठक गरिएको र महाधिवेशनलाई महापर्वको रुपमा मनाउन तथा समयसीमा भित्र क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिए ।

जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बसेको बैठकमा जसपाका राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रीय सदस्य फिरोज मंसुर, केन्द्रिय सल्लाहकार विरेन्द्र प्रसाद यादव, समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरुल होदा अन्सारी, उपाध्यक्ष अजय चौरसिया, नागेन्द्र यादव, सचिव तबरेज अहमद, कार्यकारिणी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, विद्यार्थी नेता एजाज बाबु राँकी, दिलखुस देवान लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button