
मधेशदृष्टि
रौतहट ।
रौतहटस्थित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले विभिन्न १० सुत्रिय मागहरु राख्दै सोमबार सिडियो हिरालाल रेग्मी लाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाका किसानहरुले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामा मार्फत संकलन गरी दुग्ध विकास संस्थान हेटौडा दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरुलाई बिक्री गर्दै आएको तर ६ महिनादेखि भुक्तानी नपाएकोको भन्दै सिडियो रेग्मी समक्ष ज्ञापनपत्र बुझाएका हुुन् ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपाल सरकारद्वारा तोकिएको मूल्यभन्दा कम मूल्य तोक्ने, नियमति रुपमा दुध खरिद नगर्ने, खरिद गरेको दुधको ६ महिनाको ९ करोड रुपैयाँ बक्यौता उपलब्ध नगराएको बताए । केन्द्रीय दुध सहकारी संघ लिमिटेड नेपालले दुग्ध उत्पादक कृषकहरुले दुध बिक्री वापत रकम भुक्तानीको विषयमा नेपाल सरकारसंग गत मंसिर २६ मा सम्झौता भएको थियो । तर सहमती कार्यान्वयन नहुँदा जिल्ला दुग्ध उत्पादक सहकारी संघले नेपाल सरकारको ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाइएको अध्यक्ष अधिकारीले बताए ।
भारतबाट हुने आयात पूर्ण रूपमा बन्द गराई स्टकमा रहेका दुग्धजन्य पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्थापन गर्नुपर्ने, सहुलियत कृषि कर्जामा अनुदान कार्यक्रम उपलब्ध गराउनुपर्ने, सबै पालिकामा किसानले पाउने गरी दुध प्रती लिटर अनुदान कम्तिमा १० रुपैयाँ लागु गर्नुपर्ने उनीहरुको माग रहेको छ ।






