गस्ती टोली र काठ तस्करबीच भिडन्त

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । मंगलबार राति वृन्दावन नगरपालिका–१ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र वन सुरक्षा टोली र तस्करबीच भिडन्त भएको हो । वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ ।

वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले मंगलबार राति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो । टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीन थान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए । साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गस्ती टोलीले जनाएको छ ।

झण्डै दुईलाख भन्दा बढी मूल्यको काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याईएको तथा घटना बारे अनुसन्धान भईरहेको जनाईएको छ । जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरु चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button