
मधेशदृष्टि
जनकपुरधाम ।
भिजिट जनकपुरधाम २०२४ को एक वर्षे कार्ययोजना सार्वजनिक गरिएको छ । भ्रमण वर्षका संयोजक एवम् उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अम्भुप्रसाद साहले भिजिट जनकपुरधाम २०२४ को एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् । जनकपुरधाममा बुधबार भिजिट जनकपुरधामले आयोजना गरेको पत्रकार सम्मेलनमा भिजिट जनकपुरधामका संयोजक साह दुई महिनाभित्र केही आवश्यक क्षेत्रलाई समेट्दै पर्यटनीय सम्बन्धी सरोकारवालासँग छलफल, विचार विमर्श, समन्वय, सहकार्य गरेर भिजिट वर्ष सफल बनाउने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गराउनका लागि योजनाबद्धरुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक तथा धार्मिक दुष्टिकोणलेसमेत निकै महत्वपूर्ण मानिएको माध्यमिकी परिक्रमा क्षेत्रको ११ स्थानलाई पर्यटनीय नगरीको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले यससंगै जनकपुरधाममा पर्यटकलाई मध्यनगर गर्दै टुरिज्म प्याकेज र यसका लागि टुर प्याकेज गाइडसहितको बुक प्रकाशन गर्नुपर्ने आवश्यक औल्याए ।
भिजिट वर्षमार्फत रामायण सर्किटका लागि जनकपुरधामलाई भारतको अयोध्यासंग जोड्नका लागि विभिन्न कार्यक्रम गरिने, नेपाल र छिमेकी भारतको विभिन्न क्षेत्रलाई ध्यानमा राखेर पर्यटनीय गतिविधि बढाउन योगना बनाउने र सम्बन्धित क्षेत्रका सरोकारवालालाई प्रशिक्षण समेत दिने संयोजक साहले बताए ।






