जनकपुरको खोजमा सुर किसोर दासको योगदान

[mashshare]
–वीरेन्द्र रमण

मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो । यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको छ । पौराणिक मान्यता अनुसार मिथिला नाम पौराणिक राजा मिथि को नामले नामकरण गरिएको हो । उनी आफ्नो पिता राजा निमीको शरीरबाट बनाइएको मान्यता रहेको छ । किनभने उनको उत्पति आफ्नो पिताको शरीरको मन्थन उपरान्त भएको थियो, जस कारण उनको नाम मिथि भनिएको हो । पौराणिक परम्परामा राजाको शासकीय क्षेत्रको नाम राजाको नामबाट राख्ने गरिएको थियो । त्यसै कारण मिथिको नामबाट यो क्षेत्रको नाम मिथिला हुन गएको हो । मिथिला जनकपुरीको राजधानी थियो र राजा मिथि जनकबाट उत्पन्न भएकोले स्वयं मिथि र उनी लगायत भएका शासकहरू समेत जनक भनिए । यस पछि मिथिलाका राजाहरूलाई जनक भन्न सुरु गरिएको थियो । सीताको पिता सीरध्वज जनक हुन् जुन वाल्मीकि रामायणको हिसाबले जनकपुरीको २५औँ राजा भएका थिए । देवी भागवत अनुसार निमिको १९औँ पुस्तामा राजर्षि जनक सीरध्वज भएका थिए । उनको विद्वताको चर्चा देवी भागवत, श्रीमद्भगवद्गीता, विष्णु पुराण, वृहद् विष्णुपुराण र अन्य पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

मिथिलाको गौरवको विषयमा विश्वकै सबै भन्दा लोकप्रिय गन्थ रहेको राम चरित्र मानसमा लेखिएको पुर नर नारि सुभग सुचि सन्ता
मिथिलाको राजधानी जनकपुर थियो यसमा कुनै दुई मत विव्दानहरुको बिचमा समेत देखिदैनन । मिथिला जति समृद्ध थिए । यसको पतन पनि निकै दुखदायि अवस्थामा भएको छ । कराल जनकको मृत्यु पछि जनकपुर जंगलमा परिणत भएको अनुमान गरिन्छ । यो भुमि बज्जीका गणराज्यको अधिनमा पुगेपछि यहा भुभागको बस्तीहरु समेत उत्तै सारिएको अनुमान गर्न सकिन्छ । त्यसपछि भुभाग जंगलमा परिणत भएको हो । आधुनिक जनकपुरको इतिहास सामान्यतः जानकीमन्दिरका संस्थापक सन्त सुरकिशोर दासलाई मान्ने गरिएको छ । सत्रौं शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम थियो । अठारौ शताब्दी तिर आएर भारतमा मुगलहरुको शासन थियो भने रामानन्दी सम्प्रदायिहरुले समेत आफनो पन्थको विकास गरेका थिए । सन्यासीहरुले शिवलाई आफनो आराध्य देवको रुपमा पुजा गर्ने गरेका थिए भने रामानन्दीहरुले रामलाई आफनो आस्थाको रुपमा पुजा गर्ने गरेका थिए ।

सुर किसोर दासको विषयमा समेत जनकपुरमा विस्तृत दस्बावेज भने पाइदैन । जनकपुरको सन्तहरुले आ आफनो गुरुहरुबाट सुनेर आएको कथनलाई नै विश्वास गर्न सकिन्छ । एउटा दस्ताबेज सुरकिसोर दासले लेखेको श्री मिथिला विलासलाई लिन सकिन्छ । जसमा जनकपुरको त्यो समयमा केही तिर्थहरुको विषयमा समेत वर्णन गरेको पाइन्छ ।उहाको जन्म सतरहौ शताब्दीको अन्तिममा भएको थियो । उहाको जन्म भारतको मध्ये प्रदेशको लोहागढमा भएको थियो । उहा त्यहा रहेको मन्दिरमा पुजापाठ गर्न थाल्नु भयो । उहाको सीताको वात्सल्यभावको रुपमा पुजापाठ गर्न थाल्नु भएको थियो । उहा रामानन्दी सम्प्रदायका हुनुहुन्थ्यो । उनी सीतालाई पूजा गर्थे र आफूलाई उनको बुवाको भाइका रूपमा मान्थे । त्यस हिसाबले उनी सीतालाई आफ्नै छोरी सम्झन्थे । उनी ठान्थे, ‘सीता जवान भइसकेकी छन् र त्यही जवान सीताको सानो मूर्ति उनीसँग छ ।’

सुरकिशोर दास जहाँ–जहाँ जान्थे, उनी सीताको मूर्ति साथै लग्थे। कहिले सीतालाई मन्दिरको बगैंचा घुमाउँथे र त्यहाँको फूल टिपेर माला लगाइदिन्थे । कहिले सीतालाई बजार लिएर जान्थे अनि सोध्थे, ‘सीता, के तिमीलाई मिठाइ खान मन छ ?’
एक पिता जसरी आफ्ना छोराछोरीका इच्छा पूरा गर्न अघि सर्छन्, सुरकिशोर पनि त्यसरी नै सीताको रेखदेखमा अघि सर्थे ।
सीताका लागि यति धेरै गर्दा पनि सुरकिशोर आफ्नो भक्तिप्रति त्यति प्रसन्न थिएनन् । उनलाई जहिल्यै लाग्थ्यो, ‘मैले सीतालाई उनका बुवा जनकले जसरी सेवा गर्न सकेको छैन ।’
उनलाई यो पनि लाग्थ्यो, ‘सीतालाई उनको बुवाले जस्तै सेवा गर्ने हो भने म उनकै सहर जनकपुर जानुपर्छ । ’
तर त्यो जनकपुर कहाँ छ भन्ने त्यति बेलासम्म पत्ता लागेको थिएन । त्यही भएर उनी बेलाबेला आफैंसँग मुर्मुरिन्थे, ‘पौराणिककालको जनकपुर कहाँ छ भनेर म कसरी पत्ता लगाऊँ ?’
एकदिन उनले सीताको मूर्तिअगाडि उभिएर चर्को स्वरमा सोधेछन्, ‘सीता, तिम्रो राजधानी कहाँ छ ? ’
मूर्तिका रूपमा रहेकी सीताले उनलाई जवाफ दिइछन्, ‘बुवा, तपाईं मलाई यहीँ छाडिदिनुस् । अनि हिमाल, गंगा, कोशी र गण्डकी नदीले घेरिएको सहरमा जानुहोस् । जुन ठाउँमा तपाईं मलाई भेट्नुहुनेछ, त्यहीँ तपाईंका सबै असन्तुष्टि पूरा हुनेछन् । तपाईंले त्यही ठाउँमा मलाई पाउनुहुनेछ । त्यहीँ नै मेरो बुवा जनकको राज्य भएको ठाउँ हुनेछ । ’

यसै त सीताको परमभक्तिमा उनलाई आफ्नै छोरी मानिसकेका सुरकिशोरले यो कुरा नमान्ने कुरै थिएन । उनी सीताको मूर्ति लोहागढ शिखरको आफ्नै निवासमा छाडेर उत्तरी मिथिलातिर लम्के । घामपानी, झरीबर्खा केही नभनी निरन्तर आफ्नो यात्रामा हिँडिरहे । मटिहानी हुदै उहाले जनकपुर आई पुग्नु भएको थियो । गंगा सागरमा स्नान गरेर हिँड्दा–हिँड्दै थकाइ लागेर एकदिन उनी निमको रूखमा आराम गर्न बसेका थिए । आँखा चिम्म गरेर विश्राम गरेका सुरकिशोरले केही बेरपछि आँखा उघारेका मात्र के थिए, उनले घरमै छाडेर आएको सीताको मूर्ति त्यही ठाउँमा देखे ।

यसबाट सुरकिशोरले के थाहा पाए भने सीताको जुन जन्मभूमिको खोजीमा उनले यात्रा गरिरहेका छन्, त्यो ठाउँ यही हो — सीताको जनकपुर यही हो ।जनकपुर पत्ता लगाएपछि उनले त्यहीँनजिक सानो खरको झुपडी बनाए र आफ्नी छोरी सीताका नाममा भक्ति गीतहरू गाउन थाले ।

उहाले श्री मिथिला विलास नामक पुस्तक प्रकासित गर्नु भएको छ । जसमा आफु मिथिला आएको र जनकपुर क्षेत्रवरिपरिका भुभागमा रहेको तिर्थ क्षेत्रहरुको विषयमा चर्चा गर्नु भएको छ । सुरकिसोर दासको चर्चा निकै फैलिएपछि विक्रम संवत १७८४मा मकवानपुरका राजा मानिक सेन दर्शनको लागि आए सुरकिसोर दासबाट निकै प्रभावित भएपछि उहाले १४सय विघा विर्ता लेखेर दिए ।

कलि काल बडो दल साजि चढो, सव वेद पुरान भये शिथिला ।
साधु कि ठौर असाधु बवे, सुथिला जेहि ठौर भए कथिला ।
वरणाश्रम धर्म विचार गये, द्विज तीरथ देव भये मिथिला ।
रहि और न ढौर कछु जगमें, तब सूरकिशोर मिथिला ।
मिथिला कलि काल ग्रसी सगरी, तब जानकी जू झट है उधरी ।
सत्सङ्ग विलास कथा चरचा, नित आनन्द मङ्गल होत झरी ।।
अन सों धन सी पट भूषण सौं सुख सम्पति मन्दिर आनि धरी ।
कह सूरकिशोर कृपा सिय की, इक बारहि बात सबै सुधारी ।।

भारत क्षेत्रतिर उहा बस्दै आएको ठाउमा सनातन वेद संस्कृतिहरु विस्तारै समाप्त हुने अवस्थामा थियो । सनातन धर्म सिथिल बनेका थिए । त्यो समयमा आएर उहाले एउटा जागरणको कार्य मात्रै गर्नु भएन ,उहाले आधुनिक जनकपुरको निर्माणको समेत अविभारा उठाउनु भयो । अहिलेको जनकपुरलाई खोज गर्नुभयो । जानकी मन्दिर भएको ठाउमा नै सीताको जन्म भुमिहरु रहेको घोषणा समेत गर्नु भयो । अहिले सम्म जानकी मन्दिर सुरकिसोर दासको पन्थमा नै संचालनमा रहेको छ । अर्थात अहिलेपनि जानकी मन्दिरका महन्थ सीताको बाबुको आफुलाई मान्नु हुन्छ । सीताराम विवाह पंचमी महोत्सवमा यसलाई लिन सकिन्छ । सीताराम विवाह पंचमी महोत्सवको समयमा हुने रहेक कार्यक्रममा महन्थले सीताको पिताको भुमिका खेल्नु हुन्छ । सो सुर किसोर दासले अवलम्बन गरेको मार्गलाई लिन सकिन्छ । सुर किसोर दासको विषयमा मिथिला विलासमा निकै रोचक कथा रहेको एक पटक सुरकिसोर दास जी अयोध्या पुग्नु भयो ।

सरयुग नदिको किनारमा बासी बेपछि सांझ पख एक जना गाई चराउनलाई केही रकम दिएर मेरो छोरी कनक भवनमा बस्छीन त्यहा गएर तेरो बुबा भेट आए आउनु सन्देश दिएन भने र त्यो गाई चराउनेले विर्सेर राति भएपछि उसलाई छटपटि भयो र राति नै उसले सुरकिसोर दासको कुरा मन्दिरको अगाडि भने । भनिन्छ सीताले राति नै आफनो बुबा सुरकिसोर दास जीसंग भेटन जानु भयो त्यो समयमा सुत्ने समय भएको कारणले सुरकिसोर दासले सीतालाई हेरेपछि रुन थाल्नु भयो आज मेरो छोरीको जिउमा गहना छैन । उहाले सीतालाई भन्नु भयो तिमीसंग गहना छैन म किनेर दिन्छु । सीताले भन्नुभयो हैन बाबु म सुत्न लागेको समयमा तपाईको आउनु भएको सुने । विना गहना नै आउनु परियो । सुरकिसोरलाई विश्वास लागेन । जब अर्को दिन सीता सुरकिसोर दासलाई दर्शन दिनु भयो ।त्यो समयमा पुरै श्रृगारको अवस्थामा हुनुहुन्थ्यो उहा सन्तोष मानेर घर फर्किनु भयो ।

तर आधुनिक जनकपुरको निर्माणको खोज कर्ता सुरकिसोर दासलाई जनकपुरवासीले अहिले सम्म सम्मान गरेको देखिदैनन । सन्तहरुको नगरीमा नै जनकपुरको खोज गर्ने सन्त उपेक्षीत अवस्थामा रहेका छन । जसकारणले अहिलेका युवा पुस्ताहरुलाई समेत सुरकिसोर दासको विषयमा केही जानकारी छैन । अहिले स्थानिय तह देखि प्रदेश सरकारको गठन भएको छ अहिले हामीले उहालाई सम्मान गर्ने समय आएको छ । लोकसेवा आयोगको प्रश्नहरुमा उहाको योगदानको चर्चा समावेश गर्न सक्छौ ।

जनकपुरको चौकको नामाकरण उहाको नाउमा राख्न सकिन्छ भने स्वागत व्दार र स्मारक निर्माण गर्न सकिन्छ । आधुनिक जनकपुर अर्थात सीताको जन्म भुमि जनकपुर प्रति हामी वर्ग गर्छौ ,हामीले गर्व गर्नुपर्ने पनि हो तर जनकपुरको खोजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने समय आएको छ । जनकपुरको ठाउ ठाउमा अहिले जनकपुरको विकासमा योगदान दिनेहरुको नाउमा चौकको निर्माण गरिनु पर्छ भने जनकपुर प्रवेश गर्ने मार्गमा सीताराम संग सम्बन्धीत प्रवेश व्दारको निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । अहिले भारतमा भगवान रामको बाल्यकालको प्रतिमाको निर्माण भएको छ । जो शीला नेपालबाट गएर भएको हो के हामी सीताको बाल्यकालको प्रतिमाको निर्माण गर्न सक्दैनौ । यस विषयमा विभिन्न निकायहरुले सोच्ने समयम आएको छैन त ।
सन्दर्भ सामग्री
श्री मिथिला विलास
श्री भक्तमाल
जनकपुरको ईतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button