लालबन्दीमा मेडिकल व्यवसायीमाथि खुकुरी प्रहार

[mashshare]

मधेशदृष्टि
सर्लाही ।
सर्लाहीको लालबन्दीमा शनिबार एक जना व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । लालबन्दी नगरपालिका–६ मा रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिका प्रवन्धक लालबाबु महतोमाथि लालबन्दी नगरपालिका–७ स्थित राधाकृष्ण मन्दिरमा पूजा गर्न गएको समयमा शनिबार बिहान करिब साँढे ११ बजे खुकुरी प्रहार भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

लालबन्दी नगरपालिका–७ स्थित रहेको राधाकृष्ण मन्दिरमा पूजा गर्न गएको समयमा एक जना अपरिचित व्यक्तिले पैसा मागेको र तपाईंलाई पैसा किन चाहियो भन्दा आफूमाथि खुकुरी प्रहार भएको प्रवन्धक महतोको भनाइ छ । ‘माग्नेको भेषमा आएका एक जना अपरिचित व्यक्तिले पैसा मागेपछि मैले किन पैसा चाहियो भनी सोध्दा सिधै खुकुरी प्रहार भयो’ प्रवन्धक महतोले भने । प्रवन्धक महतोमाथि खुकुरी प्रहार गरेर भाग्न खोज्ने क्रममा धनुषाको महेन्द्रनगर घर बताउने ४२ वर्षीय दशरथ साहलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीको जिम्मा लगाएका छन् ।

घाइते प्रवन्धक महतोको शरिरका विभिन्न भागमा चोट लागेको र उनको लालबन्दी नगरपालिका–६ स्थित लालबन्दी मोडेल अस्पताल प्रा.लिमा उपचार भइरहेको जनाएको छ । नियन्त्रणमा लिइएका साहलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button