
मधेशदृष्टि
रौतहट ।
आम जनता पार्टी (आजपा) को आम महिला मोर्चा, केन्द्रीय कमिटी पुनर्गठन भएको छ । कुमारी बविताको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो । सातै प्रदेश कमिटीका इन्चार्ज र अध्यक्षको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । मोर्चा अध्यक्ष बबिताका अनुसार मोर्चा इन्चार्जमा कान्ति महतो, सहइन्चार्जमा सिमल साह, उपाध्यक्षमा आशा सन्जेल, शर्मिला महरा, चन्दादेवी साह, रुपसागर उपाध्याय र महासचिवमा सावित्री चौधरी छन् ।
यस्तै, मोर्चा उपमहासचिवमा रन्जुकुमारी साह, सचिवहरुमा ममतादेवी मण्डल, सकिना खातुन, सुनिता महतो, विभा साह, मञ्जु कुशवाहा र कोषाध्यक्षमा रिना पटेल छन् । मोर्चा प्रदेश कमिटीको समेत जिम्मेवारी हेरफेर भएको छ । कोशी प्रदेश इन्चार्जमा बबिता विक, अध्यक्षमा ममता चौधरी, मधेश प्रदेश इन्चार्जमा फुलबदन देवी, अध्यक्षमा किरण यादव, बागमती प्रदेश इन्चार्जमा देवकुमारी साह र अध्यक्षमा जेनिशा तामाङ, गण्डकी प्रदेश इन्चार्जमा रन्जु कुमारी, अध्यक्षमा लक्ष्मी बिक, लुम्बिनी प्रदेश इन्चार्जमा आशा सन्जाल, अध्यक्षमा पुनम थापा, कर्णाली प्रदेश इन्चार्जमा हरिमाया मल्ल, अध्यक्षमा उमा तामाङ र सुदूरपश्चिम प्रदेश इन्चार्जमा शोविता गोतामे, अध्यक्षमा भाना ढोली रहेका छन् ।
मोर्चाको सदस्यमा फुलबदनदेवी पटेल, सिवानी साह, देव कुमारी, बबिता विक, आशा देवी कानु, पुजा कुशवाहा, शोबिता गोतामे, हरिकला देवकोटा, रेखा साह, कोशिला देवी साह, बिनिता यादव, मधु चौधरी, ममता चौधरी, प्रतिमा जयसवाल रहेका छन् । यसैगरी सदस्यमा सुमी धिमाल, शोभा देवी, पुजा गुप्ता, श्रीदेवी चौरसिया, हिरादेवी श्रेष्ठ, कनक सिंह (ममता साह), उमा सापकोटा, बिमला भुजेल, डम्बर कुमारी शंकर, शोभा राजबाहक, माया गुरुङ, मन्जु कुमारी सिंह, घुर्मिदेवी खत्वे, किरण यादव, रिना गिरी, सरस्वती तामाङ, गंगा भण्डारी लगायतका छन् ।






