तस्करी रोक्न डिआईजी पोखरेलको निर्देशन

[mashshare]

मधेशदृष्टि
रौतहट ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी यज्ञविनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहट निरीक्षण संगै आवश्यक निर्देशन गरेका छन् । डीआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटको आन्तरिक विभागहरुको निरीक्षण पश्चात एसपी महेन्द्र कुमार श्रेष्ठसँगै जिल्लाका युनिट प्रमुखहरुलाई सत्य सेवा सुरक्षाको मूल मन्त्र अपनाउन निर्देशन दिएका हुन् ।

गत पुस २९ गते प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेका डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय गौरका साथै गरुडा जिंगडियास्थित जिल्ला प्रहरी कार्यालय रौतहटका विभिन्न शाखामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तीगत टर्न आउट, हिरासत कक्ष, भौतिक संरचनालगायतका निरीक्षण तथा अवलोकन गरेका थिए ।

अवलोकन पश्चात जिल्लासँगै सम्पूर्ण प्रहरी इकाईका प्रमुख र प्रहरी कर्मचारीलाई आवश्यक विभागिय नीति निर्देशन दिनुका साथै जिल्ला प्रहरीले तयार पारेको प्रस्तुतिकरण समेतको अवलोकन गरेका थिए । डीआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटलाई आपराधिक क्रियाकलाप र तस्करी रोक्न निर्देशन दिएका थिए । उक्त अवसरमा डिआईजी पोखरेलका साथै एसपी महेन्द्र कुमार श्रेष्ठ, विभिन्न दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । डिआईजी पोखरेल सोमबार गरुडास्थित प्रहरी विद्यालयको समेत स्थलगत अनुगमन गरेका थिए । मधेश प्रदेशमा विगतदेखि हुनेगरेको आपराधिक क्रियाकलापसँग संस्थागत तस्करी नियन्त्रण गर्ने पहिलो उद्देश्य रहेको डिआईजी पोखरेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button