

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ अनुसार मधेश प्रदेशका ८ जिल्लाका १ यस ३६ पालिकामा ५४ अर्ब ४३ करोड ६१ लाख ७१ हजार ७ सय रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु २०७९ असार ३२ गतेसम्म पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्छ्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फर्छ्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुलतर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।
१. सप्तरी
राजविराज नगरपालिकामा गत आर्थिक वर्षको बेरुजु ५८ करोड १५ लाख ४८ हजार रुपैयाँ र हालसम्मको अद्यावधिक बेरुजु ६५ करोड १५ लाख ४ हजार रुपैयाँ छ ।
कञ्चनरूप नगरपालिकामा गत आर्थिक वर्षको बेरुजु ४५ करोड ३७ लाख ६५ हजार रुपैयाँ हालसम्मको अद्यावधिक बेरुजु ४८ करोड ३७ लाख ५८ हजार रुपैयाँ छ ।
सप्तकोशी नगरपालिकाको गत आर्थिक वर्षको बेरुजु १३ करोड ६५ लाख ८८ हजार रुपैयाँ हालसम्मको अद्यावधिक बेरुजु १२ करोड ९५ लाख ५२ हजार रुपैयाँ छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको गत आर्थिक वर्षको बेरुजु १९ करोड २० हजार रुपैयाँ र हालसम्मको अद्यावधिक १९ करोड २४ लाख २६ रुपैयाँ पुगेको छ ।
शम्भुनाथ नगरपालिकामा लेखा परीक्षणबाट गत आर्थिक वर्षको बेरुजु ३९ करोड ४८ लाख ९ हजार रुपैयाँ र हालसम्मको अद्यावधिक बेरुजु ४४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ ।
सुरुङ्गा नगरपालिकामा गत आर्थिक वर्षको बेरुजु ९ करोड ५८ लाख ६४ हजार रुपैयाँ र अद्यावधिक बेरुजु १२ करोड ८७ लाख ७४ हजार रुपैयाँ छ ।
खड्क नगरपालिकाको गत आर्थिक वर्षसम्ममा १६ करोड ५८ लाख ६६ हजार रुपैयाँ र अद्यावधिकमा २३ करोड २ लाख २३ हजार रुपैयाँ बेरुजु छ ।
डाक्नेश्वरी नगरपालिकाको गत आर्थिक वर्षको बेरुजु २७ करोड ६७ लाख ३ हजार रुपैयाँ छ । अद्यावधिक बेरुजु ३४ करोड १३ लाख १३ हजार रुपैयाँ छ ।
बोदेबरसाईन नगरपालिकाको गत आर्थिक वर्षसम्मको बेरुजु १८ करोड ६४ लाख ४८ हजार रुपैयाँ छ, अद्यावधिक बेरुजु २७ करोड १८ लाख २१ हजार रुपैयाँ छ ।
तिरहुत गाउँपालिकामा गत आर्थिक वर्षसम्म २१ करोड ४० लाख २३ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु २६ करोड २३ लाख ४७ हजार रुपैयाँ छ ।
तिलाठी कोइलाडी गाउँपालिकामा गत आर्थिकसम्ममा २५ करोड ७२ लाख ६८ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ३७ करोड २ लाख २४ हजार रुपैयाँ छ ।
रुपनी गाउँपालिकामा गत वर्षसम्मको १२ करोड १० लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु १४ करोड ७६ लाख ८ हजार रुपैयाँ छ ।
राजगढ गाउँपालिकाको गत आर्थिक वर्षसम्मको बेरुजु २८ करोड ८२ लाख ६५ हजार रुपैयाँ छ । अद्यावधिक बेरुजु ३६ करोड २२ लाख २९ हजार रुपैयाँ छ ।
महादेवा गाउँपालिकामा गत आर्थिक वर्षको बेरुजु १२ करोड ६३ लाख ४९ हजार रुपैयाँ छ भने अद्यावधिक बेरुजु १५ करोड ९१ लाख ९५ हजार रुपैयाँ छ ।
छिन्नमस्ता गाउँपालिकामा गत आर्थिक वर्षसम्ममा २१ करोड ६१ लाख ६८ हजार रुपैयाँ बेरुजु छ । हालसम्मको अद्यावधि बेरुजु २७ करोड ४५ लाख ७ हजार रुपैयाँ छ ।
विष्णुपुर गाउँपालिकाको गत वर्षसम्ममा २२ करोड ७७ लाख २५ हजार रुपैयाँ रहेको बेरुजु बढ्दै गएर अद्यावधिक बेरुजु २८ करोड ९१ हजार रुपैयाँ पुगेको छ ।
बलान बिहुल गाउँपालिकामा पनि गत वर्षसम्ममा १३ करोड ३० लाख ९ हजार रुपैयाँ रहेको बेरुजु अद्यावधिक हुँदा २७ करोड ४७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
अग्निसाइर कृष्णासरन गाउँपालिकाको गतवर्षसम्म १७ करोड ८८ लाख ९७ हजार रुपैयाँ रहेको बेरुजु अद्यावधिक हुँदा २२ करोड ६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
२. सिरहाः
सिरहा नगरपालिकाको गत आर्थिक वर्षसम्ममा ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको उल्लेख छ ।
लहान नगरपालिकाको गत वर्षसम्ममा ६२ करोड २४ लाख ११ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
सुखीपुर नगरपालिकामा गत आर्थिक वर्षसम्ममा २३ करोड ९६ लाख ९६ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३६ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
गोलबजार नगरपालिकाको गत वर्षसम्मममा २९ करोड ७१ लाख ३६ हजार रुपैयाँ बेरुजु अद्यावधिक गर्दा ३७ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
कर्जन्हा नगरपालिका गत आर्थिक वर्षसम्ममा २० करोड ५० लाख ६६ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा २९ करोड ५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
कल्याणपुर नगरपालिकाको गत वर्षसम्ममा ३४ करोड २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बढेर ४१ करोड ८२ लाख ९४ हजार रुपैयाँ भएको छ ।
धनगढीमाई नगरपालिकामा पनि गत आर्थिक वर्षसम्ममा ४० करोड ५१ लाख ८७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ५६ करोड ६३ हजार रुपैयाँ पुगेको छ ।
मिर्चैया नगरपालिकामा गत वर्षसम्ममा ४० करोड ६० हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ५१ करोड ३२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
अर्नमा गाउँपालिकाको गत वर्षसम्ममा १९ करोड ८७ लाख २ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा २३ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
औरही गाउँपालिकामा अघिल्लो आर्थिक वर्षसम्ममा ३० करोड ४७ लाख ६९ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा ३२ करोड ६८ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
नरहा गाउँपालिकामा २७ करोड ९६ लाख १८ हजार रुपैयाँबाट बढेर ४० करोड ४ लाख ८६ हजार रुपैयाँ बेरुजु छ । नवराजपुर गाउँपालिकामा अघिल्लो वर्षसम्ममा ३ करोड ८ लाख ८५ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु १२ करोड ३२ लाख २७ हजार रुपैयाँ छ ।
बरियारपट्टी गाउँपालिकामा गतवर्षसम्ममा २४ करोड ३५ लाख ९० हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा अद्यावधिक बेरुजु ४१ करोड ६५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
विष्णुपुर गाउँपालिकामा ३० करोड २८ लाख ७३ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा ३६ करोड २२ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
भगवानपुर गाउँपालिकाको १० करोड ६७ लाख ५९ हजार रुपैयाँ बढेर अद्यावधिक प्रतिवेदनमा २१ करोड २१ लाख १२ हजार रुपैयाँ बेरुजु छ ।
लक्ष्मीपुर पतारी गाउँपालिकाको गतवर्षसम्ममा २७ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको बेरुजु अद्यावधिक हुँदा ३४ करोड १९ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
सखुवानाकन्कारकट्टी गाउँपालिकामा १२ करोड ७८ लाख १८ हजार रुपैयाँ बेरुजु बढेर १७ करोड ७९ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
३. धनुषाः
सबैला नगरपालिकामा पनि गतवर्षसम्ममा ८५ करोड ११ लाख ५३ हजार रुपैयाँ बेरुजु छ । विगत वर्षदेखि हालसम्म अद्यावधिक बेरुजु ९४ करोड ५१ लाख ४१ हजार रुपैयाँ छ ।
जनकपुरधाम उपमहानगरपालिकाको गत आर्थिक वर्षसम्ममा १ अर्ब ५ करोड ६३ लाख २७ हजार रुपैयाँ बेरुजु छ । ३४ करोड १५ लाख ९० हजार बेरुजु फर्छ्यौटपछि अद्यावधिक गर्दा ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँ बेरुजु छ ।
क्षीरेश्वरनाथ नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा १३ करोड ६२ लाख ९५ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक १८ करोड ५० लाख ८० हजार रुपैयाँ छ ।
गणेशमान चरनाथ नगरपालिकाको गतवर्षसम्ममा ३३ करोड ५७ लाख ८० हजार रुपैयाँ बेरुजु रहेकमा अद्यावधिक बेरुजु ५२ करोड ५३ लाख १७ हजार रुपैयाँ छ ।
धनुषाधाम नगरपालिकामा विगतका वर्षको १८ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको बेरुजु अद्यावधिक गर्दा २२ करोड ८६ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
नगराइन नगरपालिकामा गतवर्षसम्ममा २१ करोड ९ लाख ५५ हजार रुपैयाँ बेरुजु अद्यावधिकमा ३० करोड ३८ लाख ८० हजार रुपैयाँ छ ।
मिथिला नगरपालिकामा गतवर्षसम्ममा ३० करोड ५९ लाख २२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ४२ करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु छ ।
मिथिला बिहारी नगरपालिकामा गत वर्षसम्ममा ३१ करोड २१ लाख ८८ हजार बेरुजु र अद्यावधिक बेरुजु ३३ करोड २६ लाख २६ हजार रुपैयाँ छ ।
मुखियापट्टी मुसहरनिया नगरपालिकामा गतवर्षसम्मको बेरुजु १९ करोड १० लाख ६६ हजार रुपैयाँ छ, अद्यावधिक बेरुजु २४ करोड ५९ लाख ८६ हजार रुपैयाँ छ ।
विदेह नगरपालिकामा गतवर्षमा ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ४६ करोड १४ लाख ५९ हजार रुपैयाँ छ ।
सहिदनगर नगरपालिकामा गतवर्षको ४२ करोड २ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ५९ करोड ७२ लाख ६८ हजार रुपैयाँ छ ।
हंसपुर नगरपालिकामा ६४ करोड ३५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ७२ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
औरही गाउँपालिकामा गतवर्षसम्ममा १२ करोड ४६ लाख २१ हजार रुपैयाँ बेरुजु अद्यावधिक गर्दा २० करोड ९ लाख ११ हजार रुपैयाँ छ ।
जनकनन्दिनी गाउँपालिकामा गतवर्षसम्ममा १४ करोड ८७ लाख ८ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा १७ करोड ९४ लाख १२ हजार रुपैयाँ बेरुजु छ ।
बटेश्वर गाउँपालिकामा २६ करोड ३० लाख ४१ हजार रुपैयाँ बेरुजु रहेकमा अद्यावधिक गर्दा ३३ करोड ४० लाख ८६ हजार रुपैयाँ बेरुजु छ ।
लक्ष्मीनियाँ गाउँपालिकामा पनि गतवर्षसम्मको बेरुजु १९ करोड ३५ लाख ८ हजार बेरुजु देखिएकामा अद्यावधिक बेरुजु २६ करोड ४९ लाख १० हजार रुपैयाँ छ ।
कमला नगरपालिकामा ५० करोड ५२ लाख ७३ हजार रुपैयाँ बेरुजु रहेकामा धनौजी गाउँपालिकाको लेखापरीक्षण २०७७–७८ कै आधारमा २४ करोड ९४ लाख १० हजार रुपैयाँ बेरुजु छ ।
४. महोत्तरीः
औरही नगरपालिकाको गत आर्थिकवर्षसम्मको लेखापरीक्षणबाट १७ करोड ९७ लाख १८ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा २४ करोड ५५ लाख ६० हजार रुपैयाँ छ ।
गौशाला नगरपालिकामा पनि गतवर्षसम्ममा ४८ करोड ६६ लाख ९९ हजार रुपैयाँमा अद्यावधिक बेरुजु ५३ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
जलेश्वर नगरपालिकाको गत आर्थिकवर्षसम्ममा ६७ करोड १ लाख ५७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ६३ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
बर्दिबास नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा ३४ करोड २७ लाख २६ हजार रुपैयाा बेरुजु रहेकामा अद्यावधिक गर्दा ३९ करोड ९० लाख ६२ हजार रुपैयाँ बेरुजु छ ।
भँगाहा नगरपालिकाको गत वर्षसम्ममा ३० करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा ३५ करोड ३२ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
बलवा नगरपालिकामा विगतका वर्षको ५३ करोड २६ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेकामा ७३ करोड ८६ लाख ११ हजार रुपैयाँ अद्यावधिक बेरुजु छ ।
मटिहानी नगरपालिकामा विगतका वर्षको ३२ करोड ४९ लाख ६२ हजार रुपैयाँ बेरुजुमा अद्यावधिक गर्दा ४६ करोड १० लाख ८२ हजार रुपैयाँ बेरुजु छ ।
मनरासिसवा नगरपालिकामा गतवर्षसम्ममा ४७ करोड २८ लाख ८ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा अद्यावधिक बेरुजु ६१ करोड १४ लाख ३ हजार रुपैयाँ छ ।
रामगोपालपुर नगरपालिकामा गतवर्षसम्ममा २९ करोड ६६ लाख ८१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३६ करोड ८१ लाख १७ हजार रुपैयाँ छ ।
लोहारपट्टी नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट २५ करोड ७० लाख ५२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३१ करोड ७२ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
एकडारा गाउँपालिकामा गतवर्षसम्मको बेरुजु २६ करोड ५३ लाख १० हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा ३४ करोड ४३ लाख ६१ हजार रुपैयाँ बेरुजु छ ।
पिपरा गाउँपालिकामा गतवर्षको लेखा परीक्षण केलाउँदा ८२ करोड ३० लाख ९८ हजार रुपैयाँ बेरुजु देखिएकामा समायोजन र सम्परीक्षणबाट ८६ करोड ८३ लाख ६७ हजार रुपैयाँ अद्यावधिक भएको उल्लेख छ ।
महोत्तरी गाउँपालिकामा ३२ करोड २० लाख ११ हजार रुपैयाँ बेरुजु देखिएकोमा अद्यावधिक बेरुजु ३९ करोड ७६ लाख ३५ हजार रुपैयाँ छ ।
साम्सी गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ४१ करोड ८ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ४५ करोड ८२ लाख ७२ हजार रुपैयाँ छ ।
सोनाम गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा २८ करोड ५२ लाख ७० हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ४० करोड ५३ लाख १० हजार रुपैयाँ छ ।
५. सर्लाहीः
ईश्वरपुर नगरपालिकाको गत आर्थिकवर्षसम्ममा २९ करोड ९७ लाख ७४ हजार रपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३४ करोड २२ लाख १७ हजार रुपैयाँ छ ।
कबिलासी नगरपालिकामा गतवर्षसम्ममा २३ करोड ५ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु २९ करोड ८३ लाख ८५ हजार रुपैयाँ छ ।
गोडैटा नगरपालिकाको गत आर्थिक वर्षसम्ममा ५३ करोड ८५ लाख ६७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ६३ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
मलङ्गवा नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा ४७ करोड ४० लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ६० करोड १० लाख १४ हजार रुपैयाँ छ ।
बलरा नगरपालिकाको गत वर्षसम्ममा ४१ करोड ५८ लाख २१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ४८ करोड ३० लाख ६९ हजार रुपैयाँ छ ।
बागमती नगरपालिकामा विगतका वर्षको ४१ करोड ३२ लाख ४६ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३२ करोड ४८ लाख २३ हजार रुपैयाँ छ ।
लालबन्दी नगरपालिकामा विगतका वर्षको ३३ करोड ७६ लाख १५ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३६ करोड ४६ लाख ९८ हजार रुपैयाँ छ ।
हरिपुर नगरपालिकामा गतवर्षसम्ममा ३४ करोड ६७ लाख ३ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ४४ करोड १३ लाख ९० हजार रुपैयाँ छ ।
हरिपुर्वा नगरपालिकामा गतवर्षसम्ममा ५१ करोड २२ लाख ६२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ५६ करोड ११ लाख २८ हजार रुपैयाँ छ ।
हरिवन नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा १५ करोड ८१ लाख ६२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु १९ करोड ३१ लाख ५४ हजार रुपैयाँ छ ।
बरहथवा नगरपालिकामा गतवर्षसम्मको बेरुजु ६३ करोड ५४ लाख ८१ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा ७९ करोड २२ लाख ४० हजार रुपैयाँ छ ।
कौडेना गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट १२ करोड ७७ लाख ४९ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु १८ करोड २८ लाख ९७ हजार रुपैयाँ छ
चक्रघट्टा गाउँपालिकामा गतवर्षको लेखा परीक्षणमा १४ करोड ८७ लाख ४९ हजार रुपैयाँ बेरुजु रहेकमा समायोजन र सम्परीक्षणबाट १८ करोड २८ लाख ९७ हजार रुपैयाँ अद्यावधिक बेरुजु छ ।
चन्द्रनगर गाउँपालिकामा ११ करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु १७ करोड ३६ लाख ११ हजार रुपैयाँ छ ।
धनकौल गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ३० करोड ४८ लाख ६५ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३५ करोड २१ लाख ६२ हजार रुपैयाँ छ ।
पर्सा गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ३० करोड १३ लाख ७२ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु ३९ करोड ३५ लाख ४५ हजार रुपैयाँ छ ।
बसबरिया गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा १८ करोड ७० लाख ३७ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु २५ करोड ६३ लाख ३१ हजार रुपैयाँ छ ।
विष्णु गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा १३ करोड ३२ लाख २७ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु १३ करोड ६४ लाख ६४ हजार रुपैयाँ छ ।
ब्रहम्पुरी गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ९ करोड ५० लाख ६७ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु १२ करोड १३ लाख ८७ हजार रुपैयाँ छ ।
रामनगर गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ४१ करोड ६५ लाख १ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ५० करोड ७९ लाख ७० हजार रुपैयाँ छ ।
६. रौतहटः
गौर नगरपालिकाको गत आर्थिक वर्षसम्ममा लेखापरीक्षणबाट २७ करोड १७ लाख ९१ हजार रुपैयाा बेरुजु छ । अद्यावधिक बेरुजु २७ करोड ९४ लाख ७३ हजार रुपैयाँ छ ।
ईशनाथ नगरपालिकामा गतवर्षसम्ममा ७६ करोड १३ लाख ४२ हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ छ ।
कटहरिया नगरपालिकाको गत आर्थिक वर्षसम्ममा ३९ करोड ३३ लाख ४७ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ छ ।
गढीमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा ५४ करोड १३ लाख २७ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ६४ करोड १५ लाख ९८ हजार रुपैयाँ छ ।
गरुडा नगरपालिकाको गतवर्षसम्ममा ४४ करोड ८२ लाख १९ हजार रुपैयाा बेरुजु छ । अद्यावधिक बेरुजु ५६ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।
गुजरा नगरपालिकामा विगतका वर्षको २८ करोड ३० लाख २८ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ३६ करोड ४१ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
चन्द्रपुर नगरपालिकामा विगतका वर्षको ५४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ७१ करोड ६१ लाख ७६ हजार रुपैयाँ छ ।
देवाही गोनाही नगरपालिकामा गतवर्षसम्ममा ४० करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ४८ करोड ५ लाख ५० हजार रुपैयाँ छ ।
परोहा नगरपालिकामा गतवर्षसम्ममा २६ करोड ४९ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३४ करोड ८३ लाख ५७ हजार रुपैयाँ छ ।
फतुवा विजयपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ४६ करोड ७५ लाख ८२ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ६१ करोड ८६ लाख १२ हजार रुपैयाँ छ ।
बौधीमाई नगरपालिकामा गतवर्षसम्मको बेरुजु ४५ करोड ६८ लाख ९ हजार रुपैयाँ छ । अद्यावधिक बेरुजु ५० करोड ३६ लाख ७९ हजार रुपैयाँ छ ।
माधवनारायण नगरपालिकामा गतवर्षसम्मको ३१ करोड ८१ लाख ३० हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ३७ करोड ६३ लाख ९८ हजार रुपैयाँ छ ।
मौलापुर नगरपालिकामा गतवर्षको लेखा परीक्षणमा ५१ करोड ७ लाख ३४ हजार रुपैयाँ बेरुजु छ । बढेर ५५ करोड १५ लाख ६५ हजार रुपैयाँ अद्यावधिक बेरुजु छ ।
राजदेवी नगरपालिकामा ५३ करोड ४६ लाख ३७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ६६ करोड ८८ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
राजपुर नगरपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा ६५ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु छ । अद्यावधिक बेरुजु ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ छ ।
दुर्गा भवानी गाउँपालिकामा गतवर्षसम्मको ५७ करोड ९७ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ६८ करोड ८२ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
यमुनामाई गाउँपालिकामा गतवर्षसम्ममा ३५ करोड ६७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ४९ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ ।
वृन्दावन नगरपालिकाको २०७७–७८ को लेखा प्रतिवेदनअनुसार ३९ करोड २३ लाख ७९ हजार रपैयाँ बेरुजु छ ।
७. बाराः
कलैया उपमहानगरपालिकाको गत आर्थिक वर्षसम्ममा ४० करोड ३६ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ५० करोड १४ लाख ४ हजार रुपैयाँ छ ।
जीतपुर सिमरा उपमहानगरपालिकामा गतवर्षसम्ममा ५२ करोड ९५ लाख ९० हजार रुपैयाँ बेरुजु छ भने अद्यावधिक बेरुजु ६० करोड ९६ लाख १३ हजार रुपैयाँ छ ।
कोहल्वी नगरपालिकाको गत आर्थिकवर्षसम्म ४९ करोड ३५ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ७० करोड ४८ लाख ८६ हजार रुपैयाँ छ ।
निजगढ नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा २१ करोड ४० लाख २३ हजार रुपैयाा बेरुजु रहेकामा अद्यावधिक गर्दा ५९ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
पचरौता नगरपालिकाको गत वर्षसम्ममा २१ करोड ५६ लाख ३६ हजार रुपैयाँ बेरुजु अद्यावधिक गर्दा २५ करोड ५५ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
सिम्रौनगढ नगरपालिकामा विगतका वर्षको २७ करोड १४ लाख ११ हजार रुपैयाँ बेरुजु २०७८–७९ को लेखा परीक्षणमा बढेर ४० करोड ३४ लाख ३० हजार रुपैयाँ देखिएको छ ।
महागढीमाई नगरपालिकामा विगतका वर्षको २८ करोड ८२ लाख ७४ हजार रुपैयाँ बेरुजु २०७८–७९ को लेखा परीक्षणमा ३२ करोड ३९ लाख ६ हजार रुपैयाँ पुगेको छ ।
आदर्श कोतवाल गाउँपालिकामा गतवर्षसम्ममा ६ करोड १३ लाख ५९ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा ११ करोड २३ लाख ९ हजार रुपैयाा पुगेको छ ।
करैयामाई गाउँपालिकामा गतवर्षसम्ममा १७ करोड ९१ लाख ९ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ सम्ममा अद्यावधिक गर्दा बेरुजु बढेर २२ करोड ३ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
देवताल गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट ११ करोड ४ लाख १० हजार रुपैयाँ बेरुजु अद्यावधिक गर्दा १६ करोड ३६ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
परवानीपुर गाउँपालिकामा गतवर्षसम्मको बेरुजु ६ करोड ५१ लाख ५३ हजार रुपैयाँ अद्यावधिक हुँदा ७ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
प्रसौनी गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट १९ करोड ५७ लाख २२ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदै आउँदा २४ करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
फेटा गाउँपालिकामा गतवर्षको लेखा परीक्षणमा २३ करोड २४ लाख ८९ हजार बेरुजु देखिएकामा २६ करोड ९६ लाख २० हजार रुपैयाँ अद्यावधिक भएको छ ।
बारागढी गाउँपालिकामा ६ करोड १८ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु १० करोड ११ लाख १९ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
विश्रामपुर गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणले १० करोड १ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु १२ करोड ९५ लाख ५२ हजार रुपैयाँ छ ।
सुवर्ण गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणमा २१ करोड १४ लाख ७३ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा २५ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
८. पर्साः
वीरगंज महानगरपालिकाको गत आर्थिक वर्षसम्ममा २ अर्ब ६६ करोड ८४ लाख ९२ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३ अर्ब ३४ करोड ६३ लाख २ हजार रुपैयाँ छ ।
पर्सागढी नगरपालिकामा गत वर्षसम्ममा २२ करोड ४६ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु २७ करोड ८ लाख ७२ हजार रुपैयाँ छ ।
पोखरिया नगरपालिकाको गत आर्थिक वर्षसम्ममा ३१ करोड ७८ लाख ९८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ मा अद्यावधिक गर्दा ४० करोड ३१ लाख ३५ हजार रुपैयाँ बेरुजु छ ।
बहुदरमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा २६ करोड १४ लाख ४ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ सम्ममा अद्यावधिक गर्दा ३१ करोड ४७ लाख ७ हजार रुपैयाँ छ ।
कालिकामाई गाउँपालिकाको गतवर्षसम्ममा १२ करोड १६ लाख २९ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक गर्दा १६ करोड ५३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
छिपहरमाई गाउँपालिकामा गत वर्षको २२ करोड ८९ लाख ९९ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणमा २५ करोड ५२ लाख ७१ हजार रुपैयाँ बेरुजु पुगेको छ ।
जगरनाथपुर गाउँपालिकामा गतवर्षसम्ममा ४० करोड २० लाख १७ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ५५ करोड ४ लाख २० हजार रुपैयाँ पुगेको छ ।
जिराभवानी गाउँपालिकामा गतवर्षसम्ममा २६ करोड ८९ लाख ५८ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु ३१ करोड ९९ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
ठोरी गाउँपालिकामा गतवर्षसम्मको लेखा परीक्षणबाट २२ करोड ११ लाख ७९ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु २४ करोड ८५ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
धोबिनी गाउँपालिकामा गतवर्षसम्मको बेरुजु २० करोड ३२ लाख ६० हजार रुपैयाँ अद्यावधिक भएर २३ करोड ४१ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
पकाहामैनपुर गाउँपालिकामा गतवर्षसम्ममा १० करोड ७८ लाख ९८ हजार रुपैयाँ बेरुजु अद्यावधिक हुँदा १३ करोड ५५ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
पटेर्वासुगौली गाउँपालिकामा गतवर्षको १३ करोड ३१ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएकोमा १८ करोड ४९ लाख १५ हजार रुपैयाँ अद्यावधिक बेरुजु छ ।
विन्दवासिनी गाउँपालिकामा १९ करोड ३६ लाख ५९ हजार रुपैयाँ बेरुजु अद्यावधिक भएर २० करोड ८८ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा गतवर्षसम्ममा २७ करोड ८२ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएकामा अद्यावधिक बेरुजु ३२ करोड ६३ लाख ६२ हजार रुपैयाँ छ ।
बेरुजुतालिका
रौतहटः ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ
सर्लाहीः ७ अर्ब ३७ करोड ६६ लाख ९ हजार रुपैयाँ
महोत्तरीः ७ अर्ब १४ करोड १४ लाख ६८ हजार रुपैयाँ
पर्साः ६ अर्ब ९६ करोड ४३ लाख ३२ हजार रुपैयाँ
सिरहाः ६ अर्ब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ
धनुषाः ६ अर्ब ६७ करोड ७ लाख ५० हजार रुपैयाँ
सप्तरीः ४ अर्ब ८३ करोड ३५ लाख ३४ हजार रुपैयाँ
बाराः ४ अर्ब ७० करोड ८९ लाख १ हजार रुपैयाँ
जम्मा बेरुजुः ५४,४३,६१,७१,७०० रुपैयाँ
स्रोत: महालेखा






