
मधेशदृष्टि
वीरगंज ।
उत्कृष्ट सेवा दिएको भन्दै सामाजिक सुरक्षा कोषले वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भई संख्याका आधारमा उत्कृष्ट सेवा दिएको भन्दै वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हो ।
मधेश प्रदेशमै उत्कृष्ट सेवा दिँदै आएको वीरगंज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषका तर्फबाट सम्मानित गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष अबुल हैस अन्सारीले बताए । वीरगंज–१४, गण्डक बहुअरीमा अवस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा मधेश प्रदेशकै अत्याधुनिक एमआरआइ सेवा, मुटुको एन्जियोप्लास्टी, एन्जिओग्राफी सेवा, स्वास्थ्य वीमा, आमा सुरक्षालगायतका सेवा उपलब्ध छ ।






