उपमेयरको फेसबुकमा नयाँ नयाँ सुन्दरीको तस्बिर !

[mashshare]

मधेशदृष्टि
रौतहट ।

कटहरिया नगरपालिकाकी नगर उपप्रमुख रितादेवी यादवको फेसबुक आइडी ह्याक भएको छ । ह्याकरले उपमेयर यादवको फेसबुक दुई दिनअघि ह्याक गरेको हो ।

ह्याकरले उपमेयर यादवको आइडीवाट केही अभद्र पोस्टसमेत गरेको छ । साथै, उपमेयर यादवको फेसबुक आइडीमा कुनै युवतीको तस्बिरसमेत राखेको छ। यसैबीच उनका पति जवाहर प्रसाद यादवले फेसबुक ह्याक गर्नेमाथि आवश्यक कारबाहीका लागि सिआइबी र साइबर ब्युरोमा लिखित निवेदन दिएर कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले उपमेयरजस्तो गरिमा पदमा रहेका व्यक्तिको फेसबुकबाट अभ्रद पोष्ट गर्ने ह्याकरलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरे । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button