मेयरकै गाउँमा राँगोको आक्रमणबाट वृद्धको मृत्यु, एकदर्जन घाइते

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

कटहरिया नगरपालिका–९ डुमरियामा रांगाको आक्रमणबाट ७० वर्षीय बतहु राय यादवको मृत्यु भएको छ । बुधबार साँझ राँगोको आक्रमणमा परेका उनको उपचारक्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि राँगाको पटकपटकको आक्रमणबाट स्थानीय एक दर्जन बढी मानिस सामान्य घाइते भइसकेको स्थानीय समाजसेवी बच्चालाल यादवले बताए । यादवका अनुसार, आक्रमणबाट स्थानीय राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरालगायत एकदर्जन बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार भएको थियो ।

राँगा नियन्त्रण गर्न पटकपटक गाउँलेले आग्रह गर्दा वडाअध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले बेवास्ता गरेका कारण मानिसको मृत्युको घटना हुनगएको गाउँलेले गुनासो गरेका छन् । डुमरिया वडा अध्यक्ष र मेयरको बसोबास थलो पनि हो । यसैबीच, पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले यादवको उपचारको निधनको खबरमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र आक्रमणबाट घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button