रौनियार एमाले प्रवेश गर्ने !

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । वीरगंजका रौनियार निर्माण व्यवसायी तथा पूर्व सांसद हुन् ।

टिभी वीरगंजको कार्यक्रम ‘जनता जानेके चाहता’ मा ध्रुव साहसँग कुरा गर्दै रौनियारले मधेशको मुद्दाबाट जसपा अलग भएको, एकाध व्यक्तिको मात्र पार्टी बनेको आरोप लगाए । उनले आफू राजनीतिमै रहने र नेकपा एमालेमा प्रवेश गर्ने तयारीबारे खुलेर बताएका छन् । उनले भने, ‘एमालेको न्यायालय, प्रहरी, प्रशासन, कर्मचारी संयन्त्रमा पहुँच राम्रो छ, जसपा आफ्नो कार्यकर्ता बचाउन पनि नसक्ने पार्टी हुँदैछ ।’

रौनियारसँगको कुराकानी आज साँझ टिभी वीरगंज, रेडियो वीरगंज, रेडियो पोखरियाका अलावा सामाजिक सञ्जाल फेसबुक र मधेशदृष्टि डटकमबाट पनि हेर्न र सुन्न सकिनेछ ।

भिडियो प्रोमो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button