सरी, हजुर, सम्पादक मै हुँ

[mashshare]
रामकुमार एलन

जीवनमा पत्रकारिता गर्ने रहर थियो, गरियो । घर, गाडीघोडा जोड्न सकिएन भनेर चिन्ता पनि छैन । किनभने रोजिएको बाटो अलग थियो, त्यहाँ यस्ता केही पनि पाठ्यक्रम थिएनन् । केहीले चढेका छन्, जोडेका छन् भनेर समाज चोर औँला ठड्याउँछ, कोही बात् छैन । उनीहरुको पृष्ठभूमि खोज्दै जाँदा समाचार लेखेर यो सम्भव छ जस्तो पनि लाग्दैन । अब पत्रिका कसले पढ्छ र भन्नेहरु टन्नै छन् । तर पत्रिका निस्केकै छन् । निस्केका भन्दा ननिस्केका पत्रिकाका सम्पादक र साहु धनी भएको देश हो यो । पत्रिका निकाल्ने हिम्मत गर्नु चैँ चानचुने छैन । डलरमा हिसाब गरेर, भारु भुक्तानी गरेर कागज किनेर नेपालीलाई निःशुल्क पत्रिका बाँड्दा पनि अब पत्रिका कसले पढ्छ भन्नेहरुले न हिजो कुनै पत्रिका किनेर पढेका थिए, न भोलि पढ्नेवाला छन् । यी सबै पत्रिका पसलमा ग्राहकलाई छेकेर उभिएर मुफतमा पत्रिका पढ्नेहरु हुन् । यिनबाट न हिजो पत्रिकालाई माया थियो, न भोलि हुनेछ ।

हो, पत्रिका पढ्ने संख्या कम भएको होइन, पत्रिका पढ्नलायक बनाउन नसकिएको हो । टिकटक हेरे युट्युब हेर्न पर्दैन । युट्युब हेरे फेसबुक हेर्न पर्दैन । फेसबुक पनि नहेरेपछि त तपाईंको समय कति जोगियो–जोगियो, धेरै काम पो भ्याउनु हुन्छ । अचेल मोबाइलमा निहुरेर हामी बिरामी भएका छौँ । मर्न परे पनि सामाजिक सञ्जालमा लाइभ गर्छौँ तर मरे–नमरेको पुष्टि गर्न त फेरि प्रहरी मुचुल्काको समाचार त अखबारले छाप्नै पर्छ, फेसबुकमा पुष्टि गर्न मिल्दै-मिल्दैन ।

तपाईंले वर्षमा कति जनताको कुरा उठाउनु हुन्छ, तपाईंलाई कति प्रतिक्रिया आउँछ ? कति खोजी हुन्छ ? भाषा कति सुधार गर्नुभयो ? तपाईंले लेखेको शैली २०७० सालपछि कति फेरियो ? ल्यापटप र अहिले त मोबाइललाई दोष देखाएर आफू बसेको सहर पनि तपाईं शुद्ध लेख्न सक्नुहुन्न । एकदिन जनकपुरधाम लेख्नु हुन्छ, अर्कोदिन जनकपूरधाम लेख्नु हुन्छ । यो त ठीकै थियो, हुँदाहुँदा ‘जनकपुरघाम’ लेख्नुहुन्छ । वीरगंजको हालत उस्तै छ । एउटा समाचारमा वीरगंज छ थरि लेख्नुहुन्छः बिरगन्ज, वीरगञ्ज, बीरगंज, बीरगन्ज, विरगंज, विरगञ्ज । तपाईं बिग्रेको कि वीरगंज ? जे लेख्नुहोस्, एउटा लेख्नुहोस् । तपाईंको मोबाइलको किप्याड र ल्यापटप बिग्रँदैमा जनकपुरधाम र वीरगंज कहाँ बिग्रन्छ ?

सबैको रिस पत्रकारसँग छ । पत्रकारको कोहीसँग रिस छैन । तर पत्रकार असुरक्षित भएका समाचार लेख्दालेख्दै पत्रकारिता नै असुरक्षित हुन्छ भन्ने कसले कल्पना गरेको थियो र ? आज काठमाडौँका पत्रिकाहरु बागमती प्रदेशमै उपत्यकाबाहेक १० जिल्लामा लगभग लोप भइसकेका छन् । पूर्वबाट काठमाडौँका पत्रिका छाप्नेहरु घरभाडा तिर्न नसकेर रंगीन प्रेस अरुलाई जिम्मा लगाएर काठमाडौँ फर्किइसकेका छन् । पत्रकारले तलब नपाएका हुन्, तर पत्रकार लोप हुँदै जानुमा नेताका पछि लागेर, झोले भएर र छेउ न टुप्पाका ‘अरेली काँडा’मा टिकटक बनाएर अनि कलाकारका कुरा सुनेर बिग्रेका हुन् । सहरबाट पत्रिका गाउँसम्म आयो, रेडियो आयो, टिभी आयो, अनलाइनपछि युट्युब आयो । तर पत्रकारहरु वडाअध्यक्षको प्रेस सल्लाहकारसमेत नछाडेर प्रेसमिट लाइभमा बस्न थालेपछि पत्रिकारिता चैँ सामाजिक सञ्जालले खायो । जुन काम एउटा सामान्य गृहिणीले तरकारी पकाउँदै गर्नसक्छिन्, त्यो काम गाउँटोलका महान पत्रकारले पनि गर्न नसकेपछि पत्रिका मात्रै होइन, पत्रकारिता सकियो ।

तपाईंले वर्षमा कति जनताको कुरा उठाउनु हुन्छ, तपाईंलाई कति प्रतिक्रिया आउँछ ? कति खोजी हुन्छ ? भाषा कति सुधार गर्नुभयो ? तपाईंले लेखेको शैली २०७० सालपछि कति फेरियो ? ल्यापटप र अहिले त मोबाइललाई दोष देखाएर आफू बसेको सहर पनि तपाईं शुद्ध लेख्न सक्नुहुन्न । एकदिन जनकपुरधाम लेख्नु हुन्छ, अर्कोदिन जनकपूरधाम लेख्नु हुन्छ । यो त ठीकै थियो, हुँदाहुँदा ‘जनकपुरघाम’ लेख्नुहुन्छ । वीरगंजको हालत उस्तै छ । एउटा समाचारमा वीरगंज छ थरि लेख्नुहुन्छः बिरगन्ज, वीरगञ्ज, बीरगंज, बीरगन्ज, विरगंज, विरगञ्ज । तपाईं बिग्रेको कि वीरगंज ? जे लेख्नुहोस्, एउटा लेख्नुहोस् । तपाईंको मोबाइलको किप्याड र ल्यापटप बिग्रँदैमा जनकपुर र वीरगंज कहाँ बिग्रन्छ ? नेताका कुरा सुनेर, कलाकारको उही पुराना डाइलग र नाच हेरेर कोही बिग्रेका छन् भने त्यो पत्रकार बिग्रेको हो । जनता अर्थात् हाम्रा पाठक, स्रोता, दर्शक यति बाठा छन् कि, हामी एउटा पत्रिका, अनलाइन, टिभी, रेडियो, युट्यबुका मालिक, सम्पादक सम्झन्छौँ, उनीहरु हामी जस्ताले चलाएका सबै मिडिया हेरेर बाठो भइसक्छन् ।

उनीहरु हामीभन्दा जान्ने, बुझ्ने छन् । हामी चैँ नेता र कलाकारको उही पुरानो शैलीमा बाँच्दा सकिन लागेका छौँ । वर्षौँ भयो राजेश हमालको फिल्म नआएको, तै पनि महानायक भनिरहन्छौँ । उनी चैँ लोकगीतिर नाच्न थालेका छन् । कलाकारकै सिको गरेर हामी नयाँ केही सिक्दैनौँ । एउटा ठूलो मिडियामा काम गर्न भन्दा आफ्नै अनलाइन, पत्रिका खोलेर साहु र सम्पादक हुन खोज्छौँ, व्यवस्थापन चैँ छाडेको मिडियामा जति गर्न सक्दैनौँ । अनि कसरी पत्रकारिता मौलाउँछ ? पत्रकारिता मौलाउन पत्रकार अब्बल हुनुपर्छ । पत्रकार अब्बल हुन पढ्न पर्छ, अभ्यास हुन पर्छ । आज मात्रै हेटौँडाको एउटा समाचारवाचिकाले भनिन्, ‘वडा नम्बर माइनस चार ।’

हो, हाम्रो पत्रकारिता यसै ‘माइनस’ भएको होइन । कहिल्यै सँगै बसेर योजना बनाउँदैनौँ । भेट्यो कि कुरा काट्न र जुध्न, अरुले छापेको समाचार र विज्ञापन हेरेर कि पत्रकारलाई कि विज्ञापन दिनेलाई गाली गर्न खप्पिस छौँ । अनि कसरी उँभो लाग्छौँ । अलिकता आफैँबारे समीक्षा गरौँ । बजार विस्तार गरौँ । नत्र हाम्रो पत्रकारिता कुनै पनि दिन समुन्द्रबाट डाइनोसर लोप भए झैँ हुनेमा शंका छैन । मधेशदृष्टि दोस्रो वर्ष प्रवेश गर्दा कैयौँ अनुभूति छन् । चाहेर पनि सच्याउन, सुधार्न नसकिएको र दिइएका सामग्रीले अनपेक्षितरुपमा पाठकको मन जितेको सबै अनुभूति छ । एउटा सम्पादकले आफ्ना संवाददातालाई पत्याउने हो । पत्याउँदा, भर पर्दा कहिलेकहीँ भयंकर ‘भूल’ हुन्छ, त्यस्तो बेला भन्नै पर्छ, ‘सरी, हजुर, सम्पादक मै हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button