वीरगंजकी छोरी लावण्या अग्रवालको भरतनाट्यम प्रस्तुत (भिडियोसहित)

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंजको टाउन हलमा मारवाडी समुदायबाट नेपालमै पहिलो चेलीले भरतनाट्यम प्रस्तुत गरेकी छिन् । वीरगंजका अरुण पटवारी एवम् कीर्ति पटवारीकी छोरी लावण्या अग्रवालले टाउन हलमा आयोजित कार्यक्रममा नृत्यमध्येको सबैभन्दा जटिल मानिने भरतनाट्यम प्रस्तुत गरेकी हुन् ।

उनले भरतनाट्यम नृत्य प्रस्तुत गरिरहँदा वीरगंजका दर्शक मन्त्रमुग्ध भएका थिए । आफ्नै महानगरकी छोरीले देखाएको प्रतिभाबाट सबै नतमस्तक भए । अग्रवालले भरतनाट्यममा साधना गरी स्नातक हासिल गरेकी छिन् ।

अग्रवालको नृत्य नेपालमा मात्रै नभई भारत र अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त छ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्यलगायतका उद्योगी व्यवसायी, जनप्रतिनिधिको रोहवरमा भएको कार्यक्रम वीरगंज टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
००००
भरतनाट्यम गर्नु आफैँमा निकै कठिनता व्यहोर्नु हो । म फिल्ममा हेर्थेँ , भिडियो हेर्थेँ, आज आँखै अगाडि हेरेँ । जो शास्त्रीय, ऐतिहासिक, सांस्कृतिक कला देखाइरहेकी छोरी थिइन् । उनको अद्भूत क्षमता थियो प्राचीन कलामा । यस्तो क्षमता देखाउने छोरीलाई हौसला बढाउन जरुरी छ । अरु यस्तै छोरीहरु पनि यसरी क्षमता प्रस्तुत गर्न सक्ने बनून् । शुभकामना ।
–प्रदीप यादव, पूर्वमन्त्री
००००
भरतनाट्यममा स्नातक, वीरगंजको छोरीलाई हृदयदेखि बधाई दिन चाहन्छु । विशिष्ट अतिथिहरुको अगाडि प्रदर्शन भएको सभ्यताले निरन्तरता पाओस् । मारवाडी समुदायबाट छोरीहरु यसरी बाहिर आएर जुन क्षमता देखाएकी छिन् । उनलाई भरोसा दिउँ । हौसला दिउँ । यो कलाले उनको पहिचान मात्र बनाएको छैन, वीरगंज महानगरको पनि नयाँ परिचय बन्ने विश्वास लिएको छु । यसले वीरगंजको राम्रो सन्देश प्रवाह गर्नेछ ।
–राजेशमान सिंह
मेयर, वीरगंज महानगरपालिका
००००
वीरगंजमा यस्तो इभेन्ट भएको थिएन । म मेरा अभिभावकलाई सम्मान गर्न चाहन्छु । रम्भा म्यामले मलाई सिकाउनु भएको हो । यहाँहरु सबै आउनु भयो । मेरो नाच हेरेर हौसला दिनु भयो । जिन्दगीमा कुनै पनि कलामा जोडिनु नै यात्रा हो । दिलैदेखि लाग्यौँ भने हामीले चाहेको पूरा गर्न सक्छौँ । यही मैले सिकेको कुरा हो ।
–लावन्या अग्रवाल
००००
के हो भरतनाट्यम ?
भरत नाट्यम, भारतका प्रसिद्ध नृत्यहरूमध्येको एक हो । यसको सम्बन्ध दक्षिण भारतका तमिलनाडु राज्यसँग जोडिएको छ । यो नाम ‘भरत’ शब्ददेखि लिइएको हो तथा यसको सम्बन्ध नृत्यशास्त्रसँग जोडिएको छ । ब्रह्मा, हिन्दू देवकुलका महान त्रिदेवमा देखि प्रथम, नाट्य शास्त्र अथवा नृत्य विज्ञान पर्दछन् । ईन्द्र अनि स्वर्गका अन्य देवताका अनुनय–विनयदेखि ब्रह्मा यति प्रभावित भए कि त्यसले नृत्य वेद सृजित गर्न चार वेदहरू उपयोग गरे । नाट्य वेद अथवा पञ्चम वेद, भरत अनि त्यसको अनुयायीलाई प्रदान गरिएको थियो । र, यस विद्याको परिचय पृथ्वीका नश्वर मनुष्यलाई दिएका हुन् । अतः यसको नाम भरतनाट्यम रह्यो भनिएको छ ।

भरत नाट्यममा नृत्यका तीन मूलभूत तत्वलाई कुशलतापूर्वक सामेल गरिन्छ । भाव अथवा मनःस्थिति, राग अथवा संगीत र स्वरमार्धुय तथा ताल अथवा काल समन्वय । भरतनाट्यममा हात, खुट्टा, मुख, अनि शरीर सञ्चालनका समन्वयनका ६४ सिद्धान्त छन्, जसको निष्पादन नृत्य पाठ्यक्रमका साथ गरिन्छ ।

भरतनाट्यममा जीवनका तीन मूल तत्वः दर्शन शास्त्र, धर्म अनि विज्ञान पर्छ । यो एक गतिशील अनि सांसारिक नृत्य शैली हो । यसको प्राचीनता स्वयमसिद्ध छ । यसलाई सौन्दर्य अनि सुरुचि सम्पन्नताको प्रतीक बताइन्छ । वस्तुतः यो एक यस्तो परम्परा हो, जसमा पूर्ण समर्पण, सांसारिक बन्धनहरूदेखि विरक्ति तथा निष्पादनेर्ताको यसमा चरमोत्कर्ष हुनु आवश्यक छ । भरतनाट्यम तुलनात्मक रूपले नयाँ नाम हो । पहिला यसलाई सादिर, दासी अट्टम र तन्जावूरनाट्यमका नामले चिनिन्थ्यो ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button