माघ ८ गते भारतीय प्रधानमन्त्री मोदी अयोध्या आउने

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरमा रामलीलाको प्राणप्रतिष्ठा २०२४ को जनवरी २२ अर्थात् माघ ८गते हुने भएको छ । अभिषेकमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सहभागी हुने भएका छन् ।

मोदीलाई प्राणप्रतिष्ठामा निमन्त्रण दिन राममन्दिर निर्माण कोष समितिका अध्यक्ष महन्त नृत्यगोपाल दास, महासचिव चम्पत राय, कोषाध्यक्ष नृपेन मिश्रले प्रधानमन्त्रीलाई भेटेर सहभागी हुन अनुमति मागेका थिए । प्रधानमन्त्री मोदीले स्वीकृति दिएका छन् ।

२२ जनवरीमा दिउँसो १२ः३० बजे राममन्दिरको प्राणप्रतिष्ठा प्रधानमन्त्रीद्वारा हुने भएपछि तयारी तिव्र पारिएको छ । राममन्दिरको निर्माणको काम धमाधम भइरहेको छ । मन्दिर निर्माणका लागि भारत तथा विदेशका दाताबाट ९ सय करोड रुपैयाँ प्राप्त भइसकेको छ । तीन सय करोड रुपैयाँ खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button