छुरा प्रहार गरी पत्नीकाे हत्या

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

ससाना बच्चासहित मेला घुमाउन लैजाने विषयमा विवाद हुँदा पतिले छुरा प्रहार गरी पत्नीकाे हत्या गरेका छन् ।

घटना शनिबार रातिकाे हाे र वीरगंज महानगरपालिकाको वडा नम्बर १४ बहुअरीकाे हाे । ४५ वर्षीय इजहारुल हक अन्सारीकाे छुरा प्रहारबाट कान्छी पत्नी ३५ वर्षीया महिमा खातनुको उपचारका क्रममा आज निधन भएको हाे ।

घाइते अवस्थामा वीरगंज हेल्थ केयरमा उपचारक्रममा बिहान १० बजे खातुनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको छ भने अन्सारी फरार छन् । प्रहरीले इजहारुलको जेठी पत्नी ४० वर्यीया नुर जहान खातुनलाई पनि नियन्त्रणमा लिएको छ ।

जेठीबाट बालबच्चा नभएपछि इजहारुलले बारा, कलैया घुसुकपुरुवाकी महिमासँग विवाह गरेका थिए । उनीहरुकाे ३ वर्षीया छोरी र एकवर्षीय छोरा छन् । झगडा छुटाउन जाँदा जेठी पत्नी नुरकाे पनि हातमा चाेट लागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button