प्रभु साहपत्नी मधेशकी पहिलो मेयर रिनाको पद खारेज

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

मधेश प्रदेशमा भएको स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रुपमा विजित रौतहट, मौलापुर नगरपालिकाकाी मेयर रिना कुमारी साह (कविता) को पद खारेजसम्बन्धी सूचनाले तरंग ल्याएको छ ।

निर्वाचन आयोगले मङ्गलबार सूचना जारी गर्दै साहको पद रिक्त भएको जनाएको छ । साह नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट निर्वाचित भए पनि दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण पद रिक्त हुने आयोगको सूचनामा उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एउटा दलबाट जितेर पार्टी पार्टी त्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि पदरिक्त हुने व्यवस्था छ ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । संघ र प्रदेश निर्वाचनमा एमालेमा विद्रोह गरेर स्वतन्त्र विजित सांसद साहले आम जनता पार्टी खोलेपछि मेयर साह पनि एमालेमा नरहेको एमालेको परिपत्रपछि निर्वाचन आयोगले उनको पद रिक्त हुने सूचना जारी गरेको हो । मेयर साहले यसबारे प्रतिक्रिया दिइसकेकी छैनन् । सूचना बुधबारको गोरखापत्र दैनिकमा पृष्ठ ३ मा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button