क्रिकेटमा कर्मचारी टीम ४८ रन अन्तरले विजयी

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

कटहरियामा पहिलोपटक आयोजित अन्तरजिल्लास्तरीय टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता नगर प्रमुख अजयप्रकाश जैसवालले ब्याटिङ र उपमेयर रिता देवी यादवले बलिङ गरेर उद्घाटन गरेका छन् ।

स्थानीय खेलाडीलाई क्रिकेटप्रति आकर्षण जगाउने उद्देश्यले मेयर जैसवालको पहलमा अन्तरजिल्लास्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट भएको हो । सोमबार पहिलो दिन कटहरिया नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच भएको खेलमा कर्मचारी टिम ४८ रन अन्तरले विजयी भए । निर्धारित १६ ओभरको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कर्मचारी टिमले पूरै ओभर खेल्दै ८ विकेटकों क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो ।

प्रतिउत्तरमा १ सय १२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेका जनप्रतिनिधि टिमले ८ विकेटको क्षतिमा पूरै ओभर खेल्दै मात्र ६३ रन बनाएको थियो । मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर सिंह सम्मिलित खेलमा कर्मचारी टिमका मनोज कुमार साह र जनप्रतिनिधि टिमका वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले उत्कृष्ट प्रदर्शन गरे । मंगलबारको खेल हेटौँडा क्रिकेट क्लब र वीरगंज क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ टिम सहभागी छन् भने प्रथमले ७५ हजार नगदसहितको पुरस्कार, दोस्रोले ३५ हजार नगदसहित पुरस्कार र म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका पुरस्कार दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button