प्रभु साहद्वारा गौर हत्याकाण्ड पीडितसँग भेट, नदी कटान भूगोलको अनुगमन

[mashshare]

मधेशदृष्टि
रौतहट ।

पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गृह जिल्ला रौतहटस्थित बागमती नदीको कटानको पूर्ण जोखिममा रहेको गाँउ जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजदेवी नगरपालिकाअन्तर्गत बागमती नदीको कटानको पूर्ण जोखिममा रहेको ब्रहमपुरी गाउँ जोगाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कटान क्षेत्र स्थलगत निरीक्षणपश्चात वर्षायाम सुरु भए यता बागमती नदीमा पटकपटक आएको बाढीले ब्रहमपुरी गाउँ छेउको ठूलो हिस्सा कटान गरेपछि गाउँ र नदीबीच मात्र २० मिटर दूरी रहेको उल्लेख गरे । रौतहटमा पानी नपर्दा पनि काठमाडौँ उपत्यकालगायत दर्जनौ पहाडी जिल्लाको पानीले जिल्लामा तनाव भएकाले तत्काल नदी नियन्त्रण गर्न पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले नदी निरीक्षणको तस्बिर राखेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसैबीच, पूर्वमन्त्री प्रभु साहले ब्राह्मपुरीमा गौर हत्याकाण्डका सहिद चुनचुन ठाकुरको आमासँग भेट गरे । पीडितलाई हत्याकाण्डको विषयमा भइरहेको प्रगतिबारे जानकारी गराए । कष्टपूर्ण जीवन बाचिरहेको उनीहरुलाई एक न एकदिन दोषीलाई कारबाही हुनेमा विश्वस्त देखिन्थे । पटकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिरहेका उनीहरुले कोही माओवादी भेट्न नआएकोमा देखेसो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button