राष्ट्रपति जनकपुरमा (हेर्नुहोस् २५ तस्बिर)

[mashshare]

शब्द/तस्बिरः मिश्रीलाल मधुकर
जनकपुरधाम ।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरधाम आएका छन् । उनले जानकी मन्दिरमा पूजाअर्चना गरे ।

बिहान करिब ९ः१० बजे राष्ट्रपति पौडेल कडा सुरक्षाबीच जानकी मन्दिर पुगेर पूजा अर्चनामा सरिक भए । उनलाई जानकी मन्दिरको प्रवेशद्वारमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले माला लगाएर स्वागत गरे । मन्दिरभित्र जानकी मन्दिरका महन्त राम तपेश्वरदास वैष्णवले उनलाई माला लगाएर स्वागत गरेका थिए । त्यसपछि उनलाई मन्दिरको गर्भगृहमा लगियो ।

राष्ट्रपतिले परिवारसहित पूजापाठ गरेका थिए भने महन्तले लुगा लगाएर स्वागत गरे । मन्दिरमा पूजापछि १ लाख २५ हजार शालिग्राम अवलोकन गरे । त्यसपछि अखण्ड कीर्तनमा गए । त्यसपछि उत्तराधिकारी महन्तको कोठामा उत्तराधिकारी महन्तले जानकी मन्दिरको चाँदीको मूर्ति र अंगबस्त्रले स्वागत गरे ।

राष्ट्रपतिका साथमा उनका परिवारका सदस्य, पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, मधेश प्रदेशका मन्त्रीहरु, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह जानकी मन्दिर पुगेका थिए ।

यसपछि राष्ट्रपति मधेश भवन पुगे । जनकपुर विमानस्थलमा उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button