सरकार मधेशप्रति गम्भीर छैन: निधि

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता सांसद विमलेन्द्र निधिले वर्तमान सरकार मधेशप्रति गम्भीर नभएकाे बताएका छन्

जनकपुरधाम उद्योग वाणिज्य संघमा आयोजित नेपाल स्वर्णकार ठाकुर उत्थान संघका नवनिर्वाचित नगरस्तरीय पदाधिकारी पद हस्तान्तरण कार्यक्रममा निधिले नागरिकता कानुनको कामबाहेक वर्तमान सरकारले महत्वपूर्ण काम नगरेको बताए ।

उनले भने, ‘नेकपा एमाले नागरिकताविरोधी हुन् । नेकपा एमालेबाट निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशज नागरिकता विधेयक पास गरिनन् ।’

नेता निधिले नेपालको अर्थतन्त्र बलियो बनाउन स्वर्णकार जातिको महत्वपूर्ण योगदान रहेको बताए । लोकतन्त्र आन्दोलनलगायत अन्य आन्दोलनमा पनि यो समाजको महत्वपूर्ण स्थान रहेको उनले स्मरण गरे ।

निर्वाचन अधिकृत शम्भु ठाकुरले नवनिर्वाचित अध्यक्ष मोहन ठाकुर, उपाध्यक्ष सञ्जयकुमार ठाकुर, सचिव दीपककुमार ठाकुर, कोषाध्यक्ष महेश ठाकुर, सदस्य अजय ठाकुर, भेलाल ठाकुर, प्रह्लाद ठाकुर, रामधर ठाकुर र सोगिया ठाकुरलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, उपमेयर किशोरी साह, स्वर्णकार ठाकुर उत्थान संघका केन्द्रीय अध्यक्ष सत्यनारायण ठाकुर, उपाध्यक्ष पवन ठाकुर, माँ जानकी यातायात बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरी, हलवाई कानु समाज धनुषाका अध्यक्ष राजकुमार साहलगायतका विभिन्न व्यक्तित्वले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button