
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको ४४ वर्षको उमेरमा मंगलबार बिहान ८ः३० बजे निधन भएको छ । उनी जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य हुन् ।
पाठेघरको मुखको क्यान्सरबाट दुई वर्षअघिदेखि पीडित यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा उपचाररत थिइन् । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले उनको आज विहान निधन भएको बताए । यादव समानुपातिक सांसद हुन् ।






