
मधेशदृष्टि
जनकपुरधाम ।
लायन्स क्लब जनकपुरधामका पूर्वअध्यक्ष, नेकपा एमालेका नेता तथा तेली कल्याण समाज धनुषाका पूर्वअध्यक्ष रामबाबु साहलाई मातृशोक परेको छ ।
साहकी आमा गिरिजादेवी साहको ८२ वर्षको उमेरमा जनकपुरधाम–९ बेल्हीमा निधन भएको छ ।
साहको निधनमा पूर्वउपप्रधानमन्त्री तथा सांसद रघुवीर महासेठ, पूर्वमन्त्री, सांसद तथा आजपाका राष्ट्रिय अध्यक्ष प्रभु साह, पूर्वमन्त्री तथा सांसद जुली महतो, पूर्व संघीय राज्यमन्त्री अरविन्द साह, तेली कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष विश्वनाथ साह, निवर्तमान अध्यक्ष शैलेन्द्र साह, महासचिव सत्यनारायण साह, सचिव दिलीप चन साह, पूर्व मेयर बजरंग साह, नेपाल तेली कल्याण समाज नेपालका सल्लाहकार जगदीश साह, जिविसका पूर्वअध्यक्ष रामचरित्र साह, रेडियो वीरगञ्ज, वीरगञ्ज टिभी तथा मधेशदृष्टि दैनिकका अध्यक्ष तथा तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साह, स्थानीय वडाअध्यक्ष परमेश्वर साह, रामबहादुर साह, धर्मशालाका अध्यक्ष राम किशोर साह, श्याम साह, प्रा. लालबाबु साहलगायतले शोक व्यक्त गरेका छन् ।






