प्रधानमन्त्रीलाई पत्नीशाेक

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

प्रधानमन्त्री पुषपकमल दाहालकी पत्नी सीता दाहालकाे निधन भएकाे छ ।

लामाे समयदेखि बिरामी परेर उपचाररत ६९ वर्षीया दाहालकाे आज बिहान ८:३३ बजे नर्भिक स्पतालमा निधन भएकाे हाे ।

दाहाल पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी)’ बाट पीडित भएर लामो समयदेखि ओछ्यान परेकी थिइन् । आज बिहान हृदयाघात भएपछि अस्पताल लगिएकाे थियाे ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button