उपकुलपति साहको निधनमा शोकाकुल जनकपुर

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको बिहिबार बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।
उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन् । डा. साहलाई मधेश प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

साह नेपालकै प्रसिद्ध हड्डी तथा नसा रोग विशेषज्ञ हुन् । साहको निधनमा जनकपुरधाम शोकमा परेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, सामाजिक विकास मन्त्री वीरेन्द्र सिंह, पूर्व सामाजिक विकास मन्त्री तथा विनाविभागीय मन्त्री सुरीता साह, तमलोपामन अध्यक्ष वृषेश चन्द्र लाल, डा.विजय कुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरुले साहको निधनमा शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button