
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले प्राउड कप वडास्तरीय टि-२० नक आउट क्रिकेट टुर्नामेन्ट उद्घाटन गरेका छन् ।
प्राउड कप वडास्तरीय टि-२० क्रिकेट टुर्नामेन्ट उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख आलमले भने, ‘खेलमा अनुशासन र सिकाइ उपलब्धी मुख्य हुनेछ ।’ विभिन्न खेल र खेलाडीका माध्यमबाट वडा, गाउँनगर हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान हुने चर्चा गर्दै उपप्रमुख आलमले मर्यादित तरिकाले खेल खेल्न आग्रह गरे ।
खेलाडीको साथमा महानगरपालिका रहेको र खेलाडीहरुका लागि एउटा कार्यविधि समेत निर्माण गर्ने तयारीमा महानगरापालिका रहेको उनले बताए । स्वास्थ्यका लागि भए पनि खेल खेल्नु अपरिहार्य रहेकोमा जोड दिँदै उनले थप क्षमता विकास गर्न खेलाडीलाई आग्रह गरे ।
फरक प्रसंगमा महानगर उपप्रमुख आलमले भने, ‘पछिल्लो समय युवाहरु लागु औषध दुर्व्यसनीतर्फ गइरहेका छन्, समयमै सचेत गराउन युवाले नै भूमिका खेल्नुपर्ने देखिएकाे छ ।’

प्राउड कप वडास्तरीय टि-२० नक आउट क्रिकेट टुर्नामेन्ट कार्यक्रम सायद मंसुरीको सभापतित्व तथा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको हाे । कार्यक्रममा डा.दीपक शाक्य, जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, जियालाल साहको उपस्थिति थियो भने स्वागत मन्तव्य समीर मन्सुरीले गरेका थिए ।






