
मधेशदृष्टि
वीरगंज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणक्रममा आज भारत जाने भएका छन् ।
प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल रहनेछ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको बताइएको छ ।
ऊर्जा तथा जलविद्युत क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन, व्यापार तथा पारवहन एवम् हवाईमार्गबारे पनि छलफल हुने बताइएको छ । दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नु तालिका छ । जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।






