नागरिकता विधेयक प्रमाणिकरण प्रक्रियाकाे स्वागत

[mashshare]

जनकपुरधाम ।

तराई-मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति कार्यालयको दराजमा बन्द नागरिकता विधेयक प्रमाणिकरण गर्न सरकारले राष्ट्रपतिलाई आग्रह गरेकोमा स्वागत गरेकाे छ ।

पार्टीले अब राष्ट्रपतिले यसलाई तत्काल प्रमणिकरण गर्नु पर्ने बताएको छ । प्रधानमन्त्री र मन्त्रीपरिषद नै राष्ट्रपतिको सल्लाहकार रहेकाे बताउँदै तमलोपा केन्द्रीय सदस्य उमेशकुमार मण्डलले भने, ‘तमलोपा सुरुदेखि नै यसको निमित्त प्रदर्शन, ज्ञापन-पत्र र संचार माध्यमबाट आवाज उठाउँदै आइरहेको थियाे ।’

तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय सद्भावना पार्टी, इतिहासिक जनता पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button