विराटनगरमा निषेधाज्ञा

[mashshare]

मधेशदृष्टि
विराटनगर ।

विराटनगरमा शनिबार बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

कोशी नामकरणको विषयमा बढिरहेको विरोधसँगै पहिचानवादी पक्षधरको आन्दोलन अराजक हुन सक्ने सम्भावनालाई लक्ष्यित गरेर निषेधाज्ञा जारी गरिएको हो ।

शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रम नगर्न अपिल गरेका छन् ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपर तीनसय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

तस्बिरः विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button