
मधेशदृष्टि
वीरगंज ।
देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावले मौसम बदली रहने छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।






