विद्यालय भवन र मन्दिर शिलान्यास

[mashshare]

मधेशदृष्टि
रौतहट ।

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले एकैदिन ७० लाख रुपैयाा बराबरको दुई योजना शिलान्यास गरेका छन् ।

मेयर यादवले सोमबार माधोपुरस्थित ब्रहम्स्थानको मन्दिर र वडा ४ मा मावि विशुनपूर्वाको ४ कोठे भवन शिलान्यास गरे । मन्दिर निर्माणका लागि वडास्तरीय बजेटबाट २५ लाख रुपैयाँ छुट्याइएको तथा विद्यालय भवन निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४५ लाख रुपैयाँको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए ।

शिलान्यासमा मेयर यादव, उपमेयर निर्मला देवी रमण, विद्यालयका अध्यक्ष विशाल भण्डारी, प्रधानाध्यापक राजेश कुमार यादवलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button