समातिय छिमेकी हत्याका आरोपी खान

[mashshare]

मधेशदृष्टि
रौतहट ।

छिमेकीलाई छुरा प्रहार गरी फरार आरापी ७२ घण्टा नबित्दै पक्राउ परेका छन् । गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्द खानको हत्या गरी फरार अभियुक्त शेख कबिर पक्राउ परेका हुन् ।

उनले पुरानो रिसिइबीका कारण शुक्रबार राति १०ः३० बजे खानको पेट र छातीमा छुरा प्रहार गरी फरार कविरलाई गौरस्थित रामजानकी मन्दिर छेउमा आइतबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले बताए ।

गौर नगरपालिकाका मेयर शम्भु साहले घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button