गुजरामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर, १८६६ को उपचार

[mashshare]

मधेशदृष्टि
रौतहट ।

गुजरा नगरपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ८ सय ६६ जनाले स्वास्थ्य परीक्षणपछि उपचार सेवा र औषधी पाएका छन् ।

लायन्स क्लब रौतहट र गुजरा नगरपालिकाको संयुक्त आयोजनामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ठूलो संख्यामा स्थानीयले सेवा पाएको वडा नम्बर २ का अध्यक्ष अशोक खान थारुले बताए । शुक्रबार गुजराका मेयर सन्तालाल चौधरीले शिविर उद्घाटन गरेका थिए ।

शिविरमा १८ डाक्टरले उपचार सेवा प्रदान गरेका थिए । निःशुल्क शिविरमा चन्द्रपुर हस्पिटल, सिभिल ह्युमन हस्पिटल चन्द्रपुर, चन्द्रपुर सरकारी अस्पतालका साथै जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, स्वयम्सेवक समेतले सहयोग गरेको समाजसेवी सुरेन्द्र तिमल्सिनाले बताए ।

शनिबार शिविर समापनमा मेयर चौधरीले स्वास्थ्य शिविर सफल बनाउन अहोरात्र खटेका डाक्टर, जनप्रतिनिधि तथा स्वयम्सेवकलाई कदरपत्रबाट सम्मानित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button