कहाँ गए होलान् एकसाथ दुई किशोर र चार किशोरी ?

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ बाट दुई किशोर र चार किशोरी एकैसाथ बेपत्ता भएका छन् ।

प्राप्त जानकारी अनुसार १५ वर्षीया पूजा सदाय, १३ वर्षीया विमला सदाय, १८ वर्षीया संगीता सदाय, १७ वर्षीया संगीता सदाय , १४ वर्षीय करण सदाय, १३ वर्षीय राजेश सदाय सोमबार साँझदेखि बेपत्ता छन् ।

परिवारका सदस्यले गौशाला प्रहरी चौकीमा बेपत्ताको लिखित जानकारी दिई खोजीका लागि सहयोगको अपिल गरेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले ६किशोर, किशोरी बेपत्ता भएकामा चिन्ता व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button