
सञ्जय मिश्रा
रौतहट ।
रौतहटस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा मोटरसाईकल र ट्र्याक्टर एकआपसमा ठोकिदा मोटरसाइकल चालक विद्युत कर्मचारीको मृत्यु भएको छ ।
दुर्घटनामा नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपाल कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
आइतबार राति ९ बजे चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा बागमती सडक खण्डको लच्कानजिकै मोटर साइकल ट्र्याक्टर जुध्दा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–०२० प २१९४ नम्बरको मोटरसाइकल र ना २ त २९८३ नम्बरको ट्र्याक्टरमा ठोकिएर दुर्घटना भएको इन्स्पेक्टर ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । मृतकको शव चन्द्रपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।






