घण्टाघरमा थिर बम मल्लको शालिक राख्न माग

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंजको पहिचान घण्टाघर, त्यही घण्टाघर क्षेत्रमा सहिद थिर बम मल्लको शालिक राख्न नेपाली कांग्रेसले माग गरेको छ ।

आइतबार नेपाली कांग्रेस वीरगंज महानगरले महानगरपालिका पुगेर महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै घण्टाघरमा मल्लको शालिक राख्न माग गरेको हो ।

कांग्रेस महानगर सभापति मुनिन्द्रलाल नेपालीको अध्यक्षतामा बसेको बैठकले यस्तो प्रस्ताव पारित गर्दै महानगरलाई ज्ञापन पत्र बुझाएको हो । कांग्रेसले अविलम्ब यो कार्य अघि बढाउन माग पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button